२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

दुर्घटना न्यूनीकरण गर्न ‘सडक डिभाइडर’

बिहिवार , मंसिर २३, २०७८

भैरहवा, २३ मंसिर ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बुटवल–बेलहिया ६ लेन सडकखण्ड अन्तर्गत भैरहवाको बर्मेलीटोलमा ‘सडक डिभाइडर’ राखिएको छ ।

बुटवल–बेलहिया ६ लेन सडकसम्बन्धि कार्यालय, सिद्धार्थनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय लगायतको सहकार्यमा सडक डिभाइडर खाखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा प्रहरी निरीक्षक केशव के.सी.ले बताए । उनले धेरै दुर्घटना हुने क्षेत्रलाई मध्यनजर गर्दै ‘सडक डिभाइडर’ राखिएको बताए । ‘वर्षभरीको आकडा हेर्ने हो भने यो चोकमा ४–५ जनाको ज्यान गइसकेको छ, उनले भने, ‘आवश्यक छलफल र समन्वय गरेर सडक डिभाइडर राखिएको छ ।’बाटो क्रस गर्दा स्थानीयलाई केही समस्या भए पनि त्यो भन्दा ठूलो डिभाइडरले मान्छेको ज्यान बच्ने बताए । उनले भने, ‘केही समस्या भए पनि मान्छेको ज्यान बचाउनु हाम्रा लागि महत्वपूर्ण कार्य हो ।’

divider.jpg

स्थानीय तथा सामाजिक अभियन्ता प्रख्यात बन्जाडेले मुख्य दुर्घटना हुने क्षेत्रमा सडक डिभाइडर राख्नु राम्रो कार्य भएको बताए । उनले भने, ‘सुरक्षाको दृष्टिकोणले पहिला नै राख्नुपर्दथ्यो, निश्चय नै यसले दुर्घटना हुनबाट जोगाउँछ ।’

prakhyat banjade 2.jpg