images

शुक्रवार, चैत्र १६ गते २०८०

“नेतृत्व बकसबाट प्राप्तहुँदैन”

“नेतृत्व बकसबाट प्राप्तहुँदैन”

images
images
images
बिहिवार, मंसिर २३ २०७८
बिहिवार, मंसिर २३ २०७८
  • “नेतृत्व बकसबाट प्राप्तहुँदैन”

    केही यस्ता शब्दहरु छन् जसको प्रयोग नेपाली राजनीतिमाभइरहेका छन् जस्तै विचलन, अग्रगमन, प्रतिगमन, प्रतिक्रान्तिकारी, बुर्जुवा, शोषक, सामन्ती, दलाल, पूंजीपति, दक्षिणपन्थी, आदियीशब्दहरु लालहरुको रेडीमेड विरोध गर्ने हतियार हुन् जुनअहिले नेपालीकांग्रेसले पनिअख्तियार गरिरहेछ। शब्दको खेलमामात्र रमाउने पार्टी नेपालीकांग्रेसले होइन । यसले वास्तविकतामा नै शब्दउच्चारण नगरी, कार्यद्वारा साथीहरुमाथि प्रयोग गरेको छ। शब्द फरक होला शैलीचाँही ठ्याक्कै मिल्छ।

    images
    images
    images

    यसो विचार गरौँ त ? बुढा नेताहरुलाई पाखालगाएर युवाहरु राजनैतिक नेतृत्वमाआउने कुरा अरु पार्टीहरुको कुरा किनगर्ने ? जुन पार्टीमाहुर्कियौ, बढियो, पढियो र जानियो त्यसैको कुरा गर्दा ठिक होला।

    मेरो पिताजीले भन्नुहुन्थ्यो “नेतृत्व बकसबाट प्राप्तहुने होइन ।” बकसबाट प्राप्तनहुने नेतृत्वकालागियुवा नेताहरु किन रोइरोइ बुढाहरुले छाड्न पर्छ भन्छन्, अब त आयो नि १४औँ महाधिवेशनमा हिम्मतभए बुढाहरुलाई निर्वाचनमै जोर लात्ति कसे भइहाल्यो नि ! हिम्मत छ ? सकिन्छ ?युवा नेताहरु विभाजितमानसिकतामाकिरा परेपछि नारा लगाएर फर्ति झार्न मिल्छ ??

    राजनीतिमा उमेर हद कसरी हुन्छ ? मानसिक र शारीरिक रुपमा स्वस्थव्यक्तिले कतिलामो समयसम्म राम्ररी सत्ताको बागडोर समालेका छन् । के यिनीयुवाहूँभन्नेहरुलाई थाहा छैन र ? बुढा नेताहरु सबै सक्षमहुँदैनन् भन्ने कुराको राम्रो उपमा नेपाली राजनीतिमा नेपाली कांग्रेसले वास्तविकतामा नै देखाइसक्यो नि ! हेक्का छ भन्ने कुरा त वि.सं. २०१५ सालको आमनिर्वाचनमा देखिएन र ? त्यही नेतृत्व बुढो हुँदै गएपछि दरबारसंग टक्कर लिई इहलिला समाप्त गरेको होइन ? वि.पी, गणेशमान, किशुनजी, सुवर्ण शमशेर आदि नेताहरुको नामलिने तर त्यो मार्ग पटक्कै हिड्न नसक्ने अहिलेका लुरे युवा नेताहरु बडो ठूलो आवाजगर्दै हिड्छन् लाजलाग्दैन कि के हो ? म त छक्क पर्छु ।

    हुन त अहिलेका बुढा तथायुवाहरु अग्रगामी छन् । कुन बाटो तय गर्दा छिट्टै सत्ताको बागडोर समाउन सकिन्छ त्यो मात्र सोचेका छन् । तपाईआफैँ गम्भिर भएर, सोच्नु त वि.पी प्रतिपादित प्रजातान्त्रिक समाजवाद नेपाली कांग्रेसको राजनीतिमाकहाँ र कुनकुनामा लुकेको छ ? जादुगरले “फट्ट” गर्दै चटक गरे जस्तो निर्वाचनमा ॐ फट्ट प्रजातान्त्रिक समाजवाद नेताको बोलीमा गोलीझैँ निस्कन्छ अनि हामी जोरजोरले ताली बजाउँछौ ।

    “राजा र मेरो घाँटी” जोडिएको छ भनेर मान्ने काँग्रेसीहरु पुरै प्रतिगमनकारी हुन् ? यो १४औँ महाधिवेशनमा राष्ट्रियताको विपीद्वारा व्यक्तउत्तः वाणी कहाीपनिगुञ्जने छैन किनकीत्यसो गर्नु भनेको दलाली हुन्छ, लौ अबआफैँ भन्नु त हामीकहाँ छौ ?

    आफनै भाइसाथीहरुको शोषण गर्दै अगाडि बढ्ने परम्परा नेपाली कांग्रेसभित्र मौलाउँदै गएको छ, कहीनाकको ढाँढी फुस्काइएको छ ?कही टाउको फुटेको छ भने कहीगोलीचलेको छ । कुटने र कुटाइखाने दुवै समाजवाद र प्रजातन्त्रका हिमायतीहरु नै हुन् । आफनै भाई साथीमाथिहात उठाउनेहरुलेभोलीको दिनमा नेतृत्वलिंदा केसम्मगर्लान् त ? कल्पनै गर्न सकिन्न । भन्छन्, “युवाजोश र जाँगर” यस्तै हुन्छ । यस्तो युवा र जोश हामीलाई चाहिएको हो र ?

    सम्पूर्ण युवाहरु र सम्पूर्ण वृद्ध नेताहरुलाई यस्ता आक्षेप होइन तर सत्तामा बसेर आफ्नैलाई डण्डी हान्नेहरुलाई भने हो । सबल, सक्षम र योग्य नेतृत्वदिनउमेर होइन दृढ इच्छाशक्ति चाहिन्छ । तपाईहरु मान्नुहोस् या नमान्नुहोस् अहिलेको विश्वको भविष्य बुढाहरुके हातमा छ । चार बुढाहरुमध्ये कसैको पनिअंहकार र दम्भले उन्मादभ¥यो भने निमेषमै विश्व नष्ट हुन्छ।

    हेर्नुहोस् त, जो वाइडेन अमेरिकी राष्ट्रपतिको उमेर ७९ वर्ष छ त्यस्तै गरेर रसियाका पुटिनको ६९ वर्ष चाइनिज राष्ट्रपतिको ६८ वर्ष छ भने भारतीयप्रधानमन्त्री नरेन्द्र मोदीको उमेर ७१ वर्ष छ । यहाँउमेरको कुरा होइन सबल र सक्षम नेतृत्वको कुरा हो । देउवा, के.पीओली, प्रचण्ड, बाबुराम, माधव नेपाल सम्मआउँदामुलुकले के पायो ? के गुमयो ? यो गंभिर प्रश्नहो जनताको ।

    शेरबहादुर देउवा वाइडन भन्दा कान्छा छन्, उनको उमेर मात्र ७५ वर्ष छ वाइडेन भन्दा ४ वर्ष कान्छा छन् । उनलाई, “बुढा भयौ जाउँ” भन्न कसरी मिल्छ ? केपी ओली त देउवा , वाइडेन, पुटिन भन्दा कान्छा छन् मात्रचाइनिज राष्ट्रपति भन्दा एक वर्ष मात्र जेठा छन् ।

    लुम्बिनी प्रदेशलाई लेखेको आखिरमा छुन मन लाग्यो । उम्मेदवारहरु सबै साठी उमेर माथिका भए नाकका डांडी, टाउकाको कप्पु जागिने थियो कि ? युवाहरुमा देखिएको “तम” चाँहीउल्लेख योग्य देखियो । यो “तम” ले आगामिनिर्वाचनमा कस्तो प्रभावपार्ला पंक्तिकार प्रतिक्षा गरेर बसेको छ । युथजोश जाँगर र उर्जा सकारात्मकमोड तिर गएनभनें भविष्यमा देशले दुःख पाउँछ। आखिर यिनीयुवा पछि बुढा हुने हुन् । खै के भनौँ ! !

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij