२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

रुपन्देही प्रहरीद्वारा १७ लाख बराबरको अवैध सामान बरामद

बिहिवार , मंसिर २३, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, २३ मंसिर ।
    रुपन्देही प्रहरीले १७ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । बुधबार बिहान ४ बजे रुपन्देहीको ओमसतिया गाउँपालिका–५ का ३२ वर्षिय परदेशी प्रसाद सहानीले चलाएको लु १ ज ४०१२ नम्बरको बलेरो पिकअप जीप रोकेर चेकजाँच गर्ने क्रममा जीपभित्र अवैध सामान फेला परेको प्रहरीले जनाएको छ । 

    अवैध रुपमा भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी जीपमा ल्याउँदै गरेको सुट, विभिन्न मेसिनरी उपकरणका पाटपुर्जा, मेसीनरी नट, बलेरो पिकअप जिपसहित अन्दाजी १७ लाख बराबरको सामान बरामद गरिएको प्रहरीको भनाइ छ ।

    वैध सामान र जीपसहित चालकलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए ।