
मंगलवार , मंसिर २१, २०७८
भैरहवा, २१ मंसिर ।
जेसीआई सिद्धार्थ नेपाल, वर्ष २०२२ को अध्यक्षमा कमल जि.सी. सर्वसम्मत निर्वाचित भएका छन्।
संस्थाको मंगलबार सम्पन्न ४६ औं वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट जि.सी. अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्।
त्यस्तै संस्थाको कार्यकारिणी उपाध्यक्षमा शार्दुल मयुर कसौधन, ओजश शर्मा, उपाध्यक्षमा अर्जुन कुँवर निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त ओम कुमार श्रेष्ठले बताए।
त्यस्तै निर्देशकमा प्रमोद रिजाल, अंकित शर्मा, भिम बहादुर थापा र आकाश पौडेल निर्वाचित भएको श्रेष्ठले जानकारी दिए।
साधारणसभाको नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खानले उद्घाटन गरेका थिए ।
साधारणसभामा जेसीआई सिद्धार्थका पूर्व अध्यक्षहरु देवराज न्यौपाने, सुदर्शन प्रसाद नेपाल, निवर्तमान अध्यक्ष मंगल भण्डारी, मानार्थ सदस्य दिपक क्षेत्री न्यौपाने लगायतले मन्तव्य राखेको महासचिव सागर पोख्रेलले जानकारी दिए ।
जेसीआई सिद्धार्थ वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक दीपक सापकोटाको स्वागत मन्तव्य तथा प्रकरण निर्देशक ऋषिराम पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij