२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

इनरह्वील क्लब लुम्बिनीद्वारा न्यानो बस्त्र तथा शैक्षिक सामग्री वितरण

मंगलवार , मंसिर २१, २०७८

भैरहवा, २१ म्ंसिर । 
इनरह्वील क्लब अफ लुम्बिनीले विद्यार्थीहरुलाई न्यानो बस्त्र तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

क्लबले अर्घाखाँचीको शितगंगा नगरपालिका २ निपानेस्थित श्री जनप्रिय आधारभूत विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीहरुलाई न्यानो बस्त्र तथा शैक्षिक सामग्री वितरण गरेको हो । ‘सेवा नै धर्म हो’ भन्ने नारालाई आत्मसात गर्दै क्लबले ज्याकेट, जुत्ता, मोजा, शैक्षिक सामग्री गरी २ लाख बराबरको सामाग्री वितरण गरेको क्लबका अध्यक्ष मीना नेपाल पन्थीले बताइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्री जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक काशीनाथ क्षेत्रीले क्लबले विद्यालयमा पुगेर यहाँ अध्ययनरत विद्यार्थीहरुलाई न्यानो बस्त्र तथा शैक्षिक सामग्री वितरण गर्नु प्रशंसनीय रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष सुरेन्द्र ओलीको विशिष्ट आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद भट्टराई, सितापुर स्रोत केन्द्रका प्रतिनिधि धर्मराज खनाल, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कमल प्रसाद घिमिरे, भेक बहादुर थापा लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम संयोजक सृजना जोशीको स्वागत तथा सचिव नारायणी नेपालीको सञ्चालनमा सम्पन्न कार्यक्रमको उद्देश्यमाथि क्लबका पूर्वअध्यक्ष सीता भट्टराईले प्रकाश पारेकी थिइन् ।

उक्त कार्यक्रममा इनरह्वील क्लब अफ लुम्बिनीका पूर्व अध्यक्ष रचना शर्मा, एडिटर बिना भण्डारी, सह–कोषाध्यक्ष विनिता नेपाल, कोपिला मरासिनी, संगिता भट्टराई, सुनिता आचार्य, सुस्मा शर्मा, कमला भट्टराई लगायतको उपस्थिति रहेको थियो ।