२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

भैरहवामा खुल्यो उच्च गुणस्तरको प्याथोलोजी ल्याब

मंगलवार , मंसिर २१, २०७८

भैरहवा, २० मंसिर । भैरहवामा उच्च गुणस्तरीय एवं विश्वसनीय प्याथोलोजी ल्याब सञ्चालनमा आएको छ । सम्पूर्ण रोगको जाँच अत्याधुनिक प्रविधिबाट एकै ठाउँमा गर्ने उद्देश्यले भैरहवामा उच्च गुणस्तरीय प्याथोलोजी ल्याब सञ्चालनमा आएको हो । स्थानीय बेलहियाकी डा. अनिता शाह शाहीले भैरहवाको नयाँ सडकमा केयर प्लस डाईग्नोष्टिक एण्ड प्याथोलोजी ल्याबोरेटरी प्रा.लि. सञ्चालनमा ल्याएकी हुन् । वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एम.बी.बी.एस, एम.डी. गरेकी शाहले भैरहवामा गुणस्तरीय र भरपर्दो जाँचका लागि प्याथोलोजी ल्याब सञ्चालनमा ल्याएको बताइन् । उनले गुणस्तरीय ल्याबको अभावमा कतिपय महत्वपूर्ण जाँचहरुका लागि बिरामी काठमाण्डौ तथा भारत जानुपर्ने बाध्यतालाई ध्यानमा राखेर लागि अत्याधुनिक प्रविधि जडित उपकरणबाट जाँच गरिने जानकारी दिइन् ।

new.jpg

केयर प्लसमा अन्य सबै किसिमको जाँचसंगै क्यान्सर रोगसम्बन्धी जाँच, आन्द्रा सम्बन्धी रोगको जाँच, ईनफर्टिलिटि जाँच गरिने प्रा.लि.ले जनाएको छ । प्याथोलोजी खुलेपछि अन्य स्थानमा पत्ता लाग्न नसकेका क्यान्सरसम्बन्धी रोग पत्ता लागेको उल्लेख गर्दै उनले अनुभवी जनशक्ति र गुणस्तरीय उपकरणका कारण सही रिपोर्ट आउने गरेको बताइन् ।

केयरप्लसमा रगत तान्ने, सेम्पल राख्ने, जाँच गर्ने, रिपोर्ट दिने ठाँउ फरक फरक छ । केयर प्लस प्याथोलोजीमा के कारणले बच्चा नभएको हो भन्ने जाँच पनि हुने गरेको सञ्चालक डा. शाहले जानकारी दिइन् ।

प्याथोलोजी सेवा नै रोग पहिचान र निदानको पहिलो खुड्किलो हो, यहीबाट गडबडी भयो भने मान्छेको जीवन नै गडबडी हुन्छ त्यसैले गुणस्तरीय ल्याबमा गएर रोगको पहिचान गराउनुपर्छ, उनले भनिन, ‘प्याथोलोजी सेवामा गुणस्तरीय उपकरण नभएको खण्डमा पनि रोगको पहिचान हुन सक्दैन । त्यसैले यसमा सबैभन्दा बढी ध्यान दिन जरुरी छ । ’

‘ल्याब चलाउन सक्ने दक्ष प्राविधिक अर्को महत्वपूर्ण भाग हो, प्याथोलोजी सेवा दिँदा उपकरणले ठीक काम गरे नगरेको निगरानी राख्नुपर्छ, जुन कुरा दक्ष जनशक्तिले मात्र गर्न सक्दछ । प्राविधिक दक्ष नभए उपकरण ठीक हुँदाहँुदै पनि रिपोर्ट ठीक नआउन सक्छ । हामीले उपकरण र दक्ष प्राविधिक राखेका छौं, ’डा. शाहले भनिन ।

डा. शाहका अनुसार प्याथोलोजी सेवामा समय, उच्च गुणस्तरीय रिपोर्ट र विश्वसनीयताको महत्वपूर्ण भूमिका हुन्छ । उनले केयर प्लसमा आउँदा समय, उच्च गुणस्तरीय रिर्पोट र विश्वसनियता सबै कायम हुने बताइन् । ‘अब रगत, दिशा, पिसाब तथा अन्य जाँचका लागि भैरहवा बाहिर जानपर्दैन, उनले भनिन्, ‘केयर प्लसमा आ—आफ्नो विधामा स्पेशलाईज गरेका दक्ष प्याथोलोजिष्टहरुको बलियो टिम छ ।’

अहिले यस क्षेत्रमा गल्ली गल्लीमा प्याथोलोजी ल्याब खुलिरहेका छन् । तर यिनीहरुले दिने सेवाको गुणस्तर र विश्वसनीयतामाथि पर्याप्त बहस भएको छैन् । पर्याप्त अनुगमन पनि भएको छैन् । यसको मारमा सर्वसाधारण पर्छन् । यसमा सर्वसाधारणले नै विशेष ध्यान दिन जरुरी छ । उच्च गुणस्तरीय रिपोर्ट चाँडो दिनुपर्छ भन्ने हाम्रो मान्यता हो, समयमा रिपोर्ट पाए गम्भिर (क्रिटिकल) बिरामीको पनि ज्यान जोगिन सक्छ, ’उनले भनिन् ।