
आइतवार , मंसिर १९, २०७८
तिलोत्तमा, १९ मंसिर ।
नेत्रहीन युवा संघ, रुपन्देहीले अपांगता दिवसका सन्दर्भमा दुईदिने कार्यक्रम सम्पन्न गरेको छ । “हाम्रो प्राथमिकताको आधार, अपांगता भएका व्यक्तिहरुको अधिकार” भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको छ ।
नेत्रहीन युवा संघ नेपाल, युएसएआइडी र आइएफइएसको सहकार्य, नेत्रहीन युवा संघ रुपन्देहीको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । मंसिर १७ गते सियारी गाउँपालिका विरेन्द्र मावि छपिया र मंसिर १८ गते तिलोत्तमा नगरपालिका मणिग्रामस्थित शान्ती नमुना माध्यमिक विद्यालयमा कार्यक्रम भएको हो । विद्यालय रहेका वडाका अध्यक्षहरुलाई प्रमुख वक्ता बनाईएको कार्यक्रममा अपांगता भएका व्यक्तिहरुको राजनैतिक नेतृत्व र सहभागिता विषयमा अन्तरक्रिया गर्नुका साथै चेस खेलको विषयमा सहजीकरण गरिएको थियो ।
नेत्रहीन युवा संघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलले दृष्टिविहीनहरुले पढ्ने विद्यालयमा कार्यक्रम गरेर चेतना अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । अपांगता भएका व्यक्तिहरुको निर्वाचनमा पहुँच परियोजनाका फिल्ड अधिकृत अस्मिता क्षेत्रीले विभिन्न कार्यक्रम मध्ये अन्तरक्रिया कार्यक्रम गरिएको बताइन् ।
विरेन्द्र मावि छपिया र शान्ती नमुना मावि मणिग्राममा गरी करिब ७० जना विभिन्न अपांगता भएका र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij