२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

रिलायन्स फाइनान्सद्वारा खाद्यान्न वितरण 

शनिवार , मंसिर १८, २०७८

बुटवल, १८ मंसिर । 
रिलायन्स फाइनान्स लिमिटेडको शाखा कार्यालय मणिग्राम र भैरहवाले शनिबार संयुक्त रुपमा खाद्यान्न वितरण गरेका छन् । फाइनान्सले आफ्नो १२ औं वार्षिकउत्सबको क्रममा सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै  सयुक्त रुपमा रुपन्देहीको कोटिहवामा रहेको नेपाल अविनास अनाथ आश्रममा सहयोग प्रदान गरेको हो । 

आश्रममा रहेका बालबालिकाहरुलाई खाद्यान्न सामाग्री तथा ग्यास सिलिण्डर वितरण गरिएको भैरहवा शाखाका प्रबन्धक अमृत रानाले जानकारी दिए । नेपालका विभिन्न जिल्लामा कार्यक्षेत्र रहेको रिलायन्स फाइनान्सको प्रधान कार्यालय काठमाण्डौको प्रदर्शनी मार्गमा रहेको छ । 

देशका विभिन्न ठाउँमा रहेका २० वटा शाखाहरुबाट विभिन्न वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको फाइनान्सले यसअघि पनि विभिन्न सामाजिक कामहरुलाइ अगाडी बढाएको थियो । फाइनान्सले सर्वसुलभ तरिकाबाट कर्जा प्रवाह, निक्षेपमा उच्चतम ब्याज, रेमिट्यान्स सेवा, एटिएम सेवा, मोबाइल बैकिङ, आइ पि एस, फोन पे, डिम्याट लगायत अत्यावश्यक सेवाहरु समेत प्रदान गरिरहेको रिलायन्स फाइनान्स लिमिटेड मणिग्राम शाखाका प्रबन्धक विक्रम भुसालले बताए ।