
शनिवार , मंसिर १८, २०७८
भैरहवा, १८ मंसिर ।
टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ओमसतिया–१, रुपन्देहीको आयोजनामा आस्थाश्री सेवा केन्द्र, ठुटीपीपलमा शनिबार नियमित खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सहकारीको युवा तथा सामाजिक उपसमितिको आयोजनामा भएको कार्यक्रममा ४२ प्वाइन्ट रगत संकलन भएको कार्यक्रम संयोजक गिरिजा शाही ठकुरीले बताए ।
कार्यक्रममा बोल्दै ओमसतिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बेल बहादुर बराल मगरले टुगा आस्थाले सामाजिक क्षेत्र विभिन्न क्रियाकलाप गरेको देख्दा खुशीको अनुभुति भएको बताए । उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।
संहकारीका अध्यक्ष डी.बि.थापाको अध्यक्षता, ओमसतिया गाउँपालिका वडा नम्बर १ वडाअध्यक्ष बेल बहादुर बराल मगरको प्रमुख आतिथ्यता, भैरहवा रक्त संचार केन्द्रका प्राविधिक हरि सापकोटाको आतिथ्यता तथा सहकारीका प्रबन्धक ऋषिराम घर्ती मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सहकारीले रक्तदातालाइ प्रमाणपत्र प्रदान तथा भैरहवा रक्त संचार केन्द्रले संस्थालाइ प्रशंसापत्र प्रदान गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij