
शनिवार , मंसिर १८, २०७८
भैरहवा, १८ मंसिर ।
रुपन्देहीमा १० लाख बढीको अवैध सामान बरामद गरिएको छ । रुपन्देही प्रहरीले १० लाख २ हजार ५ सय मूल्य बराबरको अवैध सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय र कार्यालयमातहत प्रहरी इकाईहरुले आ–आफ्नो वडा एरियाबाट अवैध सामान फेला पारी स्थानीयको रोहबरमा बरामद गरी आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी खेरैनीबाट खटिएको टोलीले देवदह नगरपालिका–५ खैरेनीमा सवारीसाधन चेकजाँच गर्ने क्रममा लु १ च ९२७९ नम्बरको बलेरो पिकअप गाडीमा बिना बिल अवैध रुपमा ल्याउँदै गरेको ५० बोरा चिनी र १० काटुन मोबील फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ का ३९ वर्षिय अस्लाम अन्सारीले चलाएको उक्त पिअकपमा अवैध सामान फेला परेकोले पिकअप, सामानसहित सवारीचालक एवं सवारीधनी अन्सारीलाई राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको डीएसपी पौडेलले जानकारी दिए ।
त्यस्तै ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको टोलीले कोटहीमाई गाउँपालिका–४ बरदहवाबाट लु २ प १२८३ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको अवैध ब्रोइलर कुखुरा फेला पारेको छ । फेला परेको कुखुरा बरामद गरी स्थानीयको रोहबरमा नष्ट गरिएको र मोटरसाइकल भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij