२०८३, आषाढ ३२ गते

Jul 16 2026 | २०८३, आषाढ ३२ गते

धकधईमा निःशुल्क आँखा शिविर

शुक्रवार , मंसिर १७, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, १७ मंसिर ।
    नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालको प्राविधिक तथा आर्थिक सहयोगमा रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित धकधईमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ ।

    रोहिणी गाउँपालिकाको सक्रियतामा शुक्रबार धकधईस्थित श्री राम नरेश यादव आदर्श माध्यमिक विद्यालयमा सम्पन्न शिविरमा ३६० जनाको आँखा परीक्षण गरिएको अस्पतालका वरिष्ठ नेत्र अधिकृत तथा कार्यक्रम संयोजक संजिव अधिकारीले बताए ।

    शिविरमा आँखा परीक्षण गराएका ३६० जनामध्ये १०४ जनाको मोतीयाविन्दुको शल्यक्रिया (अपरेशन) का लागि अस्पतालमा पठाइएको अधिकारीले जानकारी दिए । बिरामीहरुको निःशुल्क शल्यक्रिया समेत गरिने उनले बताए । अस्पताल विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ ।