२०८२, आश्विन ७ गते

Sep 23 2025 | २०८२, आश्विन ७ गते

रैनादेवी प्रा.वि.लाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण 

बिहिवार , मंसिर १६, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • बुटवल, १६ मंसिर ।
    रोटरी क्लब अफ बुटवल डाउनटाउनले रिब्दिकोट, पाल्पास्थित श्री रैनादेवी प्रा.वि.मा अध्ययरत विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको छ । क्लबको वार्षिक कार्ययोजना अनुसार शिक्षा क्षेत्रमा यो वर्ष रैनादेवी प्रा.वि.मा अध्ययन गर्ने विद्यार्थीहरुलाई ७० हजार बराबरको सामग्री वितरण गरिएको हो । 

    कक्षा ३ सम्म अध्ययन गर्ने ४० विद्यार्थीहरुलाई स्कुल ब्याग, जाडोमा लगाउने ट्रयाक सुट, कापीकिताब, डष्टबिन लगायतका शैक्षिक सामाग्री वितरण गरिएको क्लबका अध्यक्ष जबिन कक्षपतिले बताए । रोटरी वर्ष २०१८–१९ मा विद्यालयलाई सहयोग गरिएको भन्दै उनले यसलाई यो वर्ष समेत निरन्तरता दिइएको उनले बताए । 

    एक समारोहकाबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेम बहादुर राना, विद्यालयका प्रधानाध्यापक कबिराज खनाललाई क्लबका अध्यक्ष जबिन कक्षपति, पूर्वअध्यक्ष पिताम्बर ज्ञवाली, बोर्ड सदस्य बिमल प्रसाद श्रेष्ठ, सदस्य धर्म ज्ञवाली हस्तान्तरण गरिएको हो । 

    कार्यक्रम संचालक भरत रानाले सामाजिक कार्यमा आफूहरुले निरन्तर सहयोग गर्दै आएको बताए । कार्यक्रम संयोजक नलराज नेपालले आफनो अगुवाइमा क्लबलाई मोहन भुसाल, नारायण केसीसहित गरी ७० हजार रुपैयाँ बराबरको सामग्री जुटेको बताए ।