२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

उद्योग व्यापार संगठनद्वारा मर्चवार सम्पर्क कार्यालय स्थापना

बिहिवार , मंसिर १६, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, १६ मंसिर ।
    उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श रुपन्देही) ले मर्चवार सम्पर्क कार्यालय स्थापना गरेको छ । संगठनले बिहीबार मर्चवार क्षेत्र अन्तर्गत सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ स्थित रामनगरमा सम्पर्क कार्यालय स्थापना गरेको हो ।

    रुपन्देहीका विभिन्न क्षेत्र तथा स्थानीय तहमा सम्पर्क कार्यालय स्थापना गर्ने वार्षिक कार्ययोजना अनुसार बिहीबार मर्चवारमा स्थापना गरिएको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । उनले अन्य क्षेत्रमा पनि सम्पर्क कार्यालय स्थापना गर्दै जाने जानकारी दिए ।

    यसैबीच मर्चवार सम्पर्क कार्यालय स्थापना गरेको संगठनले प्रभु यादवको अध्यक्षतामा मर्चवार उपसमिति समेत गठन गरेको छ । उपसमितिको उपाध्यक्षमा वक्सिस अहमद मुसलमान, सचिवमा रामरत्न यादव, कोषाध्यक्षमा बाबुराम गुप्ता, सदस्यमा महन्त यादव, गंगाराम गौड, अनिल यादव, अनिल बनिया, कुमारी सहानी, अर्जुन मिश्र र सुधिर दुवे रहेका छन् । त्यस्तै सल्लाहकारमा राधेश्याम यादव र रबिन्द्र प्रसाद मिश्र रहेका छन् ।

    कार्यक्रम संयोजक प्रभु यादवको अध्यक्षता, संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीको प्रमुख आतिथ्यता, कोषाध्यक्ष राम मिलन यादवको स्वागत तथा महासचिव सचिन रोक्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठ, उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मी, वाणिज्य उपाध्यक्ष कृष्ण बहादुर गुरुङ, मर्चवार उपसमितिका सल्लाहकार राधेश्याम यादव लगायतले बोलेका थिए ।