२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

सञ्चारिका समूह रुपन्देहीको अध्यक्षमा पुनः गौतम

मंगलवार , मंसिर १४, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • बुटवल, १४ मंसिर ।
    सञ्चारिका समूह रुपन्देहीको अध्यक्षमा निरु गौतम (निरा) निर्वाचित भएकी छन् । उनी दोस्रो कार्यकालका लागि अध्यक्ष बनेकी हुन् । 

    मंगलबार रूपन्देहीको तिलोत्तमामा सम्पन्न समूहको छैठौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले गौतमलाई तीनवर्षे कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । समूहको उपाध्यक्षमा मीना ढकाल, महासचिवमा मीना पाण्डे (अस्मिना), सचिवमा पुजा पन्थी तथा कोषाध्यक्षमा कल्पना डुम्रे सर्वसम्मत निर्वाचित भएका छन् ।

    त्यस्तै कार्यसमितिको सदस्यहरुमा सुशीला पोखरेल, प्रतिमा गौतम, मनु गुरुङ, तिर्सना सेञ्चुरी, शारदा शाही, विष्णु खत्री र सुमित्रा चापागाईं रहेका छन् । थप एक जना सदस्य समूहको पहिलो बैठकले मनोनित गर्ने सचिव पन्थीले जानकारी जानकारी दिइन् ।

    नवनिर्वाचिन समितिलाई सञ्चारिका समूह लुम्बिनीकी अध्यक्ष तथा निर्वाचन समिति संयोजक पार्वती पाण्डेले पद तथा गोपनियताको सपथ गराइन् । अध्यक्षमा निर्वाचित गौतमले सञ्चारिका समूहका लागि कम्तीमा पाँच लाख बराबरको अक्षकोष स्थापना गर्ने तथा सञ्चारिकाहरुका लागि लेखनवृत्ति सञ्चालन गर्ने जानकारी दिइन् ।