२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

शाईन बैंकद्वारा बिद्यार्थीलाई बैकिङ साक्षरता कार्यक्रम

मंगलवार , मंसिर १४, २०७८

  • 5.0K
    Shares
  • 5.0K
    Shares
  • भैरहवा। शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि. मंगलापुर शाखाले विद्यार्थीहरुका लागि एक दिने डिजिटल बैंकिंङ्ग तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। 

    तिलोत्तमा नगरपालिका वडा नम्बर करहिया स्थित गौतम बुद्ध माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा करिब एक सय जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।

    कार्यक्रमको शुभारम्म गर्दै विद्यालयको प्रचार्य मृगेन्द्र रिजालले अहिलेको समय भनेको डिजिटल प्रविधिको भएकोले विद्यार्थीहरु यस बारे चासो राख्नुपर्ने बताए। कार्यक्रममा बैकका एसएमई विभाग प्रमुख दिपक अर्यालले डिजिटल प्रविधिको प्रयोगले सबैलाई सहज हुनुका साथै राज्यको ठुलो लगानी नगद व्यवस्थापनमा खर्च भएको भन्दै यो खर्च कम हुने र यसमा हामी नागरिकको पनि दायित्व रहेको बताए। 

    IMG-20211130-WA0007.jpg

    कार्यक्रमको सहजिकरण बैंकका डिजिटल बैंकिङ्ग विभागका नारायण न्यौपानेले बैंकले दिने सम्पूर्ण सुविधाहरु साथै डिजिटल मैत्री कारोबारको फाइदाबारे जानकारी गराएका थिए। शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि. मंगलापुर शाखाका प्रबन्धक विष्णु थापाको अध्यक्षतामा सम्पन्न कार्याक्रमको सञ्चालन विद्यालयका शिक्षक डिल्लीराम गैरेले गरेका थिए।