
आइतवार , मंसिर १२, २०७८
बुटवल, १२ मंसिर ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाको नयाँ बन्दै गरेको प्रशासनिक भवनमा काम गर्दै गरेका नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । उनीसंगै काम गर्दै गरेका दुईजना घाइते भएका छन् । बन्दै गरेको भवनमा विद्युत पोल सार्ने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारी बसन्त भुसालको मृत्यु भएको हो ।
सोही क्रममा भवन निर्माणको दैनिक ज्यालादारीमा काम गर्ने रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका २८ वर्षीय जितेन्द्र लोध र बर्दिया राजापुर नगरपालिका–१६ का २८ वर्षीय राजगोपाल चौधरी घाइते भएका छन् ।
करेन्ट लागेर गम्भिर घाइते भएका भुसालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । अर्घाखाँची घर भई हाल बुटवल–३ डेरा गरी बस्ने ४३ वर्षिय भुसालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख (डीएसपी) ठगबहादुर केसीले बताए । अन्य दुईजना घाइतेको अवस्था भने सामान्य रहेको केसीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij