२०८२, पौष २९ गते

Jan 13 2026 | २०८२, पौष २९ गते

मेची–महाकाली साईकलयात्रीलाई बुटवलमा स्वागत

आइतवार , मंसिर १२, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • बुटवल, १२ मंसिर ।
    मेची–महाकाली यात्रामा निस्किएका बुवाछोरा साईकिलेलाई बुटवलमा स्वागत तथा सम्मान गरिएको छ । बुवा दिपकराज भट्ट र ११ वर्षिय छोरा रमित भट्ट र सहयोगी विवेक लामालाई हौसला बढाउन बुटवलका साईक्लिङ क्लबहरुका पदाधिकारी, सदस्यहरुले खादा लगाएर स्वागत सम्मान गरेका हुन् । 

    महेन्द्रनगर बेलौरी नगरपालिका वडा नम्बर ६ कंचलपुर स्थायी घर भएका भएका दिपकराज भट्ट र उनको छोराले मंसिर ४ गते मेची पुलबाट यात्रा सुरु गरेका हुन । करीब १ हजार २४ किलोमिटर दुरीको लक्ष्य रहेको यात्रामध्ये आइतबारसम्म ६ सय ८० किलोमिटर पुरा गरेको उनले बताए । महेन्द्रनगर महाकाली पुलमा समापन गर्ने उनले बताए ।

    शनिबार दिउँसो बुटवल आइपुगेका उनीहरुलाई जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, सदस्यहरु दिपक कार्की, रेशम रेग्मी, गोविन्द ओली, उत्कृष्ट श्रेष्ठ, ह्याप्पीका उपाध्यक्ष किरण श्रेष्ठ, मछिन्द्र श्रेष्ठ, सागर पौडेल, मनिक श्रेष्ठले यात्राको सफलताको शुभकामना दिएका थिए ।