२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

नेकपा सिद्धार्थनगर–३ को बैठक सम्पन्न

मंगलवार , आश्विन २०, २०७७

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, २० असोज । 
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिद्धार्थनगर वडा नम्बर ३ कमिटीको नियमित बैठक सम्पन्न भएको छ । बैठकले सदस्यता अभिलेखीकरण, पार्टी सदस्यता, नविकरणका साथै टोल कमिटीको बैठक बस्ने निर्णय निर्णय गरेको छ ।

    वडा कमिटीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, सचिव गणेश प्रसाद बेल्बासेको सञ्चालन, सिद्धार्थनगर इञ्चार्ज तीर बहादुर रोकाय (डार्बिन)को प्रमुख आतिथ्यता तथा नगर अध्यक्ष चोपलाल आचार्यको विशेष आतिथ्यतामा बैठक सम्पन्न भएको थियो । बैठकमा तीर बहादुर रोकाय (डार्बिन), चोपलाल आचार्य, केशव कुंवर, थानेश्वर पौडेल, माया कंडेल लगायतले बोलेका थिए ।