२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

लायन्स देउरालीद्वारा शैक्षिक सामग्री वितरण

आइतवार , मंसिर १२, २०७८

बुटवल, १२ मंसिर ।
लायन्स क्लब अफ बुटवल देउरालीले तिलोत्तमाको एक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र स्टेशनरी सामान वितरण गरेको छ । क्लबले मेरो लायन्स गाउं (माई लायन्स भिलेज) बनाएको तिलोत्तमा–६ स्थित सत्यलक्ष्मी विद्यालयका १ सय १० जना विद्यार्थीलाई आइतबार एक कार्यक्रमबीच शैक्षिक सामग्री वितरण गरेको हो । 

कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल ३२५ बी–२ नेपालका पुर्व गभर्नर महेन्द्रनारायण श्रेष्ठ, तिलोत्तमा नगरपालिका–६ का वडाअध्यक्ष सुखदेव न्यौपाने, लायन्स क्लब एरिया ४ का चिफ जीवन गौतम, क्लबका अध्यक्ष ज्ञानप्रसाद पौडेल, उपाध्यक्ष दीपक पन्थी, सचिव कृष्ण प्रसाद भण्डारी र कार्यक्रम संयोजक लाल प्रसाद बस्यालले मन्तव्य राखेका थिए ।