
मंगलवार , आश्विन २०, २०७७
भैरहवा, २० असोज ।
उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर, रुपन्देहीको वार्षिक कार्ययोजना बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न कार्ययोजना तय गरेको संस्थाले जनाएको छ ।
बैठकले सहकारी संस्थाले लिने र दिने ब्याज सम्बन्धमा सहकारी विभागको निर्णय अनुसार नै गर्ने निर्णय गरेको छ । त्यस्तै समयमै ब्याज, बचत र किस्ता बुझाउने ग्राहकलाई ग्रिनकार्ड प्रदान गरिएको छ ।
त्यसै गरी शेयर सदस्य विस्तार गर्नुका साथै मर्जर गर्ने बैठकले निर्णय गरेको छ । बैठकले अनुकुल समयमा सहकारी अवलोकन भ्रमण, सहकारीय तालिम सञ्चालन गर्ने तथा कम्प्युटर सफ्टवेयर जडान गरी कम्प्युटर विलिङ प्रणालीबाट सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।
त्यस्तै रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, तालिम, गोष्ठी, सरसफाई कार्यक्रम लगायतका सामाजिक कार्यहरु यसै वर्ष गर्ने समेत बैठकले निर्णय गरेको सहकारीले जनाएको छ । सहकारीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता तथा चिरञ्जिवी राउतको सञ्चालनमा सम्पन्न कार्यक्रममा विश्वराज बराल (अनुप), चोपलाल आचार्य, जगत बहादुर रायमाझी, नारायण प्रसाद भण्डारी, खिम बहादुर खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij