२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

रुपन्देहीमा उत्कृष्ट कार्यसम्पादन गर्ने दुई प्रहरी इञ्चार्ज सम्मानित

शनिवार , मंसिर ११, २०७८

भैरहवा, ११ मंसिर । 
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागू गरेको हाई ईन्टिग्रिटी इञ्चार्ज अवार्डबाट दुईजना प्रहरी कर्मचारी सम्मानित भएका छन् । कात्तिक महिनाको ‘हाई ईन्टिग्रिटी इञ्चार्ज अफ द मन्त’बाट इलाका प्रहरी कार्यालय मंगलापुरमा कार्यरत प्रहरी नायव निरीक्षक लक्ष्मण डाँगी र प्रहरी चौकी गुलरियामा कार्यरत प्रहरी सहायक निरीक्षक हुमनाथ पौडेललाई सम्मानित भएका हुन् ।

जिल्लाभित्र कार्यरत प्रहरीहरुमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने कार्ययोजना बमोजिम कात्तिक महिनामा समग्र ईन्टिग्रिटीको पक्षहरुको आधारमा उच्च ईन्टिग्रिटी स्कोर प्राप्त गर्ने उक्त ईञ्चार्जहरुलाई नगद पुरस्कारसहित ‘हाई ईन्टिग्रिटी ईन्चार्ज अवार्डबाट सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले जानकारी दिए ।

‘सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढंगबाट सम्पादन गर्दै जिल्ला प्रहरी कार्यालयबाट संचालन गरिएको फरार अपराधी पक्राउ, पटाका बरामद, अवैध सामान बरामद, लागुऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा उच्च इन्टग्रेटी स्कोर प्राप्त गरी कार्यालयको लक्ष्य प्राप्तीमा महत्वपूर्ण योगदान गरी आफ्नो मातहत प्रहरी कर्मचारीहरुलाई समेत गैह्रब्यवसायीक गतिविधिहरु नियन्त्रण गर्दै उच्च नैतिक आचरणमा रही उल्लेखनीय भूमिका निर्वाह गरेकोले सम्मान गरिएको हो, ’प्रवक्ता पौडेलले भने ।

1 (1).jpg

जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार के.सी.ले प्रहरी नायव निरीक्षक डाँगी र प्रहरी सहायक निरीक्षक पौडेललाई अवार्ड प्रदान गरेका हुन् ।