images

शुक्रवार, बैशाख १४ गते २०८१

समाज रुपान्तरणका लागि बालविवाह रोक्नुपर्नेमा जोड

समाज रुपान्तरणका लागि बालविवाह रोक्नुपर्नेमा जोड

images
images
images
शनिवार, मंसिर ११ २०७८
शनिवार, मंसिर ११ २०७८
  • समाज रुपान्तरणका लागि बालविवाह रोक्नुपर्नेमा जोड

    भैरहवा, ११ मंसिर ।
    स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवाला र अभिभावकले बालविवाह र महिला हिंसा रोक्न प्रतिबद्धता जनाएका छन् । उनीहरुले सबैले आफ–आफ्नो ठाउँबाट त्यसविरुद्ध एकजुट भइ काम गरेमा बालविवाह र महिला हिंसा रोक्न सकिने धारणा राखे ।
     
    किशोरी अधिकार मंच र महिला मानव अधिकार रक्षक संजालको आयोजना तथा महिला तथा बालअधिकार संजालको समन्वय तथा महिला पुुनःस्थापना केन्द्र (ओरेक) र केयर नेपालको आर्थिक सहयोगमा शनिबार भैरहवामा आयोजित ३० औंं अन्तर्राष्ट्रिय १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान–२०२१ अन्तर्गत बालविवाह विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले परिवार र समाज रुपान्तरणका लागि बालविवाह रोक्नुपर्नेमा जोड दिए । उनीहरुले कानूनले बर्जित गर्दासमेत अझै बालविवाह र हिंसाका घटना नरोकिएकोमा चिन्ता समेत व्यक्त गरेका थिए ।
     
    सम्मरीमाई गाउँपालिका उपाध्यक्ष कुमारी प्रियंका शाहीले जनचेतनामूलक कार्यक्रमसँगै घरदैलो गरेरै बालबिबाह र हिंसाविरुद्ध पालिकाले काम गर्दै आएको बताइन् । ‘विगतमा हाम्रो पालिकामा धेरै समस्या थियो’, उनले भनिन्, ‘सबै एकजुट भएर अभियानमा लागेपछि बालबिबाह र हिंसाका घटना न्यूून भएका छन् ।’
     
    उनले किशोरी संजालसँग समन्वय गरेर काम परेपछि हिंसा र बालबिवाह नियन्त्रणउन्मुख भएको बताइन् । गाउँपालिका र आफू बालबिबाह र हिंसाविरुद्ध सधै कटिबद्ध भएर लाग्दै आएको जनाउँदै उनले यसलाई अझै प्रभावकारी बनाउने उनले बताइन् । ओमसतिया गाउँपालिका उपाध्यक्ष सुन्दरमति कुमारी हरिजनले छोरी शिक्षा र बालविवाह रोक्न गाउँपालिकाले ‘बालिका बीमा’ कार्यक्रम सञ्चालन गरेको जनाइन् । उनले छोरी जन्मिएमा पालिकाले २० हजार बैंकमा जम्मा गरिदिने व्यवस्था गरेको बताइन् ।
     
    ‘हाम्रो पालिकामा हिंसाका घटना न्यून छन्’, उनले भनिन्, ‘विभिन्न सामाजिक संघ–संस्था र पालिकाको प्रयासले नै सम्भव भएको छ ।’ आउँदा दिनमा बालिकाको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा योजनाबद्ध काम गर्ने उनको प्रतिबद्धता छ । पालिकाको मात्र एक्लो प्रयासले हिंसा रोक्न सम्भवन नहुने भन्दै उनले सबै सचेत भएका काम गर्नुपर्ने बताइन् ।
     
    रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजन र कोटहीमाई गाउँपालिका उपाध्यक्ष भानमती बनियाँले बालबिवाहका घटना केही मात्रामा हुने गरे पनि यसलाई रोक्न आफूहरु लागि परेको जनाए । हिंसामा बस्न हुँदैन भनेर सचेतनाका कार्यक्रम गरिरहेको बताउँदै उनीहरुले आफूहरु र पालिका सधै हिंसाविरोधी रहेको जनाए । सबैसँग हातेमालो गरेर बालविवाह र महिला हिंसा रोक्न लागिपर्ने उनीहरुको प्रतिबद्धता छ ।
     
    महिला तथा बाल अधिकार जिल्ला संजाल रुपन्देही सचिव अधिवक्ता सुनिल कुमार त्रिपाठीले हिंसा र बालविबाहलाई कानूनले नै बन्देज गरेरको जनाए । उनले कानूनको कडाईसाथ पालना गराउन सके मात्र पनि हिंसा अन्यत्य गर्न सकिने जनाए । संजालका अध्यक्ष हेमा न्यौपानेले शिक्षा र सामाजिक क्रियाकलापमा छोरीलाई अगाडि बढाउनुपर्ने बताइन् । कानूनको कडाईसँग कार्यान्वयन नहुँदासम्म हिंसाविरुद्धको दिवस मनाउँदैमा र सचेतना फैलाउँदै बालविवाह र महिला हिंसा रोक्न नसकिने बताइन् । उनले सचेतनासँगै कानूनी कारबाहीमा पनि कडाइ हुनुपर्ने धारणा राखिन् ।
     
    ओरेककी रुपन्देही संयोजक धनकुमारी चौधरीले ओरेकले गरेको सर्वेक्षणमा साक्षर ७५ प्रतिशत र विवाहित ६७ प्रतिशत महिलाहरु घरेलुतथा सामाजिक हिंसामा पर्ने गरेका छन् । ‘सबैभन्दा बढी मानसिक र शारीरिक असर महिलाहरुले भोग्ने गरेका छन्’, उनले भनिन्, ‘आर्थिक तथा सामाजिक असर पनि बढी मात्रामा भाग्नुु परेको छ ।’ अध्ययनअनुसार ५१ प्रतिशत महिला श्रीमान्बाटै हिंसामा पर्ने गरेका छन् ।
     
    रोहिणी गाउँपालिकाकी किशोरी पुजा तेलीले उपाध्यक्षले भनेअनुसार रोहिणीमा बालविवाह नरोकिएको बताइन् । ‘यहाँ बालविवाह, महिला हिंसा अधिक छ’, उनले भनिन्, ‘हामीले यसलाई रोक्न खोज्दा उल्टो हामीहरुमाथि नै समस्या आउने गरेको छ । अब सबै एकबद्ध भएर यसविरुद्ध लाग्नुपर्छ ।’ 

    अन्तरक्रियामा बालिकाहरुले जनप्रतिनिधिले नै महिला हिंसा तथा बालविवाहविरुद्ध काम गर्नेहरुलाई धम्की दिने गरेको, यसबारे पालिकालाई जानकारी दिँदा बेवास्ता गर्ने गरेको, धेरै महिलाहरुले न्यायिक समितिबारे जानकारी नै नपाउने गरेको जनाएका थिए । सहभागीले अब सबैजना एकजुट भएर बालविवाह र हिंसा रोक्न लाग्नुुपर्नेमा जोड दिएका थिए ।

    images

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij