images

बिहिवार, बैशाख ६ गते २०८१

आर्थिक अभाव भएका बिरामीलाई उपचारका लागि सहयोग

आर्थिक अभाव भएका बिरामीलाई उपचारका लागि सहयोग

images
images
images
शनिवार, मंसिर ११ २०७८
शनिवार, मंसिर ११ २०७८
  • आर्थिक अभाव भएका बिरामीलाई उपचारका लागि सहयोग

    भैरहवा, ११ मंसिर ।
    सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ होलि सिटी, सिद्धार्थनगरले आर्थिक अभाव भएका बिरामीलाई उपचारका लागि सहयोग गरेको छ । क्लबले कोभिड–१९ बाट संक्रमित भइ रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित क्रिमसन अस्पतालमा उपचाररत अशोक भट्टचार्यको उपचारका लागि सहयोग गरेको हो ।

    images
    images
    images

    उपचारमा आर्थिक अभाव भएको जानकारी पाएपछि सिद्धार्थनगर नगरपालिका–५ निवासी भट्टचार्यका उपचारका लागि सहयोग गरिएको क्लबका वर्ष २०२१/२२ का अध्यक्ष राकेश गुरुङले बताए । अस्पतालमा पुगेर भट्टचार्यको छोरी सीमा भट्टचार्यलाई ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको कार्यक्रम संयोजक तथा क्लबका कोषाध्यक्ष पंकज उदासले बताए । क्लबका संस्थापक अध्यक्ष ओम कुमार श्रेष्ठले सीमालाई उक्त रकम हस्तान्तरण गरे ।

    ‘हामी सेवा गर्छौं’ भन्ने मूलमन्त्रलाई अंगिकार गर्दै २०११ सालमा स्थापित लायन्स क्लब अफ होलि सिटी, सिद्धार्थनगरले सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको क्लबले जनाएको छ ।


    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij