२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

कांग्रेस सिद्धार्थनगरद्वारा सरसफाइ

बुधवार , मंसिर ८, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, ८ मंसिर ।
    नेपाली कांग्रेस सिद्धार्थ नगर समिति, रुपन्देहीले सरसफाइ गरेको छ । कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत प्रदेश र क्षेत्रीय अधिवेशनको क्रममा जिल्ला पार्टी कार्यालय भैरहवामा भएको फोहोरमैलाको बुधबार बिहान नगर समितिको अगुवाइमा सरसफाइ गरिएको नगर सभापति कोशिष खड्काले जानकारी दिए । 

    पार्टीको अधिवेशनको क्रममा पर्चा, पम्प्लेट, पानीका बोतल लगायत खाद्य सामग्रीका प्याकेटहरु सरसफाइ गरिएको हो । आफूले गरेको फोहोरले अरुलाई समस्या नहोस् र फोेहोर गरिसकेपछि आफैले सरसफाइ गर्नुपर्छ भन्ने मान्यताका साथ नगर समितिले सरसफाइ गरेको हो ।