
बुधवार , मंसिर ८, २०७८
भैरहवा, ८ मंसिर ।
लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपको आयोजनामा भैरहवामा एकदिने निःशुल्क पाठेघर परीक्षण शिविर सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका–२ स्थित दुर्गा मन्दिर परिसरमा भएको शिविरमा ३५ जनाको स्वास्थ्य परीक्षण गरिएको कार्यक्रम संयोजक सरु रेग्मी कपूरले बताइन् । कार्यक्रममा बिरामीहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको बताइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका को–चिफ एडभाइजर धर्मराज श्रेष्ठले लायन्स सिद्धार्थनगर टुलिपले राम्रो कार्य गरेको बताए ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडा सदस्य इन्दिरा क्षेत्री, लायन्स रिजन चेयरपर्सन अनिता थापा, नेपाल परिवार नियोजन संघ बुटवल, रुपन्देहीका सिनियर स्टाफ नर्स पदमा श्रेष्ठ, दुर्गा मन्दिर समितिका अध्यक्ष युवराज थापा लगायतले बोल्दै यस्ता शिविर आगामी दिनमा पनि गर्नुपर्ने बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपका अध्यक्ष माया सारु मगरको अध्यक्षता, कार्यक्रम संयोजक सरु रेग्मी कपुरको स्वागत, प्रेमा थापाको ध्वजा अभिवादन तथा सचिव मिनिता थापा क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij