२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

सोमवार , मंसिर ६, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • काठमाडौँ, ६ मङ्सिर । नेपाल राष्ट्र बैंकले रु १४ अर्ब ८१ करोड ३२ लाखको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको रु दुई अर्ब २३ करोड ३२ लाख, १८२ दिन अवधिको रु १२ अर्ब ४७ करोड तथा ३६४ दिन अवधिको रु ११ करोडकोे टे«जरी आज बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।

    बैंकका अनुसार ९१ दिने टे«जरी आगामी फागुन १० गते, १८३ दिने ट्रेजरी २०७९ जेठ १० तथा ३६४ दिने टे«जरी २०७९ मङ्सिर ६ गते परिपक्व हुनेछ । यसअघि यही कात्तिक २९ मा बैंकले रु ११ अर्ब ८५ करोड ५० लाखको टे«जरी बिक्री गरेको थियो ।

    ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज अपराह्न २ बजे खुला हुने बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुनेमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यकपर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ । रासस