२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

सिद्धार्थनगर सिटी हस्पिटलमा ‘नर्भल डेलिभरी तथा एल.एस.सी.एस. प्याकेज’

आइतवार , मंसिर ५, २०७८

भैरहवा, ५ मंसिर । 
सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. लुम्बिनीरोड, भैरहवाले गर्भवती महिलाहरुलाई पारिवारिक प्रसुती सेवा लिनको लागि प्याकेजको व्यवस्था गरेको छ । जसअन्तर्गत ‘नर्भल डेलिभरी तथा एल.एस.सी.एस. प्याकेज’ रहेको अस्पतालले जनाएको छ । प्याकेज अन्तर्गत सिनियर महिला रोग विशेषज्ञ तथा तालिम प्राप्त अनुभवी नर्सद्वारा नर्मल डेलिभरी, अनुभवी शिशु तथा बालरोग विशेषज्ञ डाक्टरद्वारा शिशुको स्वास्थ्य परीक्षण तथा एनआइसीयू सेवा, नर्मल तथा एल.एस.सी.एस. को लागि चाहिने औषधीको व्यवस्था र स्वच्छ सफा स्वीट क्याबिनको व्यवस्था गरिने सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए ।

त्यस्तै प्याकेज अन्तर्गत नवजात शिशुको लागि एक सेट लुगाको व्यवस्था, नवजात शिशुको स्वागतको लागि केक काटि सेलिब्रेशन, आमा तथा बच्चालाई एम्बुलेन्समार्फत घरसम्म पुर्याउने, एल.ए.सि.एस. गर्नु परेमा अत्याधुनिक मोडुलर ओटीमा सिनियर महिला रोग विशेषज्ञ तथा तालिम प्राप्त अनुभवी नर्सद्वारा सी÷एस गराइने पौडेलले जानकारी दिए ।

त्यस्तै मंसिर ९ गतेदेखि १७ गतेसम्मका लागि होलबोडी चेकअपमा विशेष छुटको व्यवस्था गरिएको उनले बताए । ‘अस्पतालले यस क्षेत्रका बासिन्दालाई लक्षित गर्दै छिटोछरितोे सेवासुविधा लिनको लागि काठमाडौं तथा भारत जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै अत्याधुनिक ल्याब व्यवस्था गरेको छ, ’उनले भने ।

त्यस्तै अस्पतालले महिलो रोग तथा क्यान्स स्क्रीनिङ प्याकेजको व्यवस्था गरेको छ । यो प्याकेजमा रगत, पिसाब, थाइराईड जाँच, पाठेघर तथा स्तनको भिडियो एक्स–रे, पाठेघरको पानीको जाँच लगायत महिला रोगसम्बन्धी डाक्टरसंग जाँच तथा परामर्श सेवा उपलब्ध गराइने पौडेलले जानकारी दिए । 

त्यसै गरी अस्पतालले महिला तथा पुरुषका लागि गोल्डेन हेल्थ प्याकेज विशेष छुटसहित व्यवस्था गरेको छ । प्याकेज अन्तर्गत थाईराईड, कोलेस्ट्रोल, किड्नी फङसन टेस्ट, पिसाब जाँच, छातीको एक्स–रे, इसिजी लगायतका जाँचहरु गरी डाक्टरसंग जाँच तथा परामर्श सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ ।

२०६८ भदौ महिनामा १५ शैयाबाट स्वीकृति लिई सेवा शुभारम्भ गरेको सिद्धार्थनगर सिटी हस्पिटलले हाल १ सय शैयामा स्तरवृद्धि हुँदै आफ्नै भवनमा सेवा सञ्चालन गर्दै आएको छ ।