images
images

सोमवार, जेठ ७ गते २०८१

जनउत्थान सर्वोकृष्ट साकोस–२०७८ बाट पुरस्कृत

जनउत्थान सर्वोकृष्ट साकोस–२०७८ बाट पुरस्कृत

images
images
images
आइतवार, मंसिर ५ २०७८
आइतवार, मंसिर ५ २०७८
  • जनउत्थान सर्वोकृष्ट साकोस–२०७८ बाट पुरस्कृत

    भैरहवा, ५ मंसिर ।
    रुपन्देहीस्थित जनउत्थान बचत तथा सहकारी संस्था लिमिटेड (नेफ्स्कून) सर्वोकृष्ट साकोस–२०७८ बाट पुरस्कृत भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको ३४ औं स्थापना दिवसको अवसरमा संघमा आबद्ध संस्थाहरुमध्ये आर्थिक वर्ष २०७७/०७८ को लागि सर्वोकृष्ट साकोस विधामा जनउत्थान छनौट भएको थियो । 

    images
    images
    images

    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको काठमाडौंमा भएको ३० औं वार्षिक साधारणसभामा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठले जनउत्थानका अध्यक्ष ज्ञानु पौड्याललाई प्रशंसापत्र प्रदान गरिन् । 

    कात्तिक २५ गतेसम्म जनउत्थान सहकारीको कुल पुँजी २६९ करोड, बचत संकलन २१० करोड, ऋण लगानी २२६ करोड, संस्थागत कोष १८ करोड र शेयर सदस्य संख्या २९ हजार १ सय ९४ रहेको जनउत्थान साकोसका अध्यक्ष पौड्यालले बताइन् ।

    गत साउन ३२ गते घोषित सम्मान तथा पुरस्कार शुक्रबार ३० औं वार्षिक साधारणसभाको अवसरमा प्रदान गरिएको हो । नेफ्स्कुनले नेपालको सहकारी तथा साकोस अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्व तथा संघ–संस्थाहरुको घोषणा स्थापना दिवसमा र वार्षिक साधारणसभामा सम्मानित एवं पुरस्कृृत गर्दै आएको छ ।



    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij