images
images

सोमवार, जेठ ७ गते २०८१

करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

images
images
images
शनिवार, मंसिर ४ २०७८
शनिवार, मंसिर ४ २०७८
  • करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    भैरहवा, ४ मंसिर । 
    उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श) रुपन्देहीको आयोजना तथा आन्तरिक राजस्व कार्यालय भैरहवाको संयोजनमा भैरहवामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दशौं राष्ट्रिय कर दिवस तथा राष्ट्रिय कर सप्ताह २०७८ को अवसरमा कार्यक्रम गरिएको कार्यक्रम संयोजक केशवराज ज्ञवालीले बताए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृृत मुक्तिराम आचार्यले राष्ट्रको विकासमा करको योगदान रहेको बताए । प्रमुख कर अधिकृत आचार्यले विभिन्न कार्यक्रमका साथ यस वर्ष राष्ट्रिय कर दिवस तथा राष्ट्रिय कर सप्ताह मनाइने बताए ।
    उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले कर प्रशासन थप जिम्मेवार र उत्तरदायी हुनुपर्ने बताए । उनले कर तिर्ने वातावरणको सिर्जना गरी करदाताको सम्मान हुनुपर्ने बताए ।

    कार्यक्रममा चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका महासचिव जे.पी. कंडेल, उद्योग व्यापार संगठन रुपन्देहीका पूर्वअध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्री, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, सिद्धार्थ यातायात प्रा.लि.का अध्यक्ष सुर्य कुमार सारु मगर, देवदह चेम्बर अफ कमर्शका अध्यक्ष कोष बहादुर गुरुङ, नेपाल अडिटर्स एशोसियसन लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द प्रसाद रेग्मी लगायतले बोल्दै कर प्रशासनले कर शिक्षा दिने समयको रुपमा कर सप्ताहलाई लिएको बताए । कार्यक्रममा सहभागि उद्योगी व्यवसायीले करसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए ।

    त्यस्तै कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका कर अधिकृत गोपाल गिरीले कारोबारको लेखा कसरी राख्ने, बिल, बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेश गर्ने, विवरण तथा कर दाखिला कहिले गर्ने लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

    संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक केशवराज ज्ञवालीको स्वागत, उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीको धन्यवाद ज्ञापन तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि : सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ यस वर्ष दशौं राष्ट्रिय कर दिवस तथा राष्ट्रिय कर सप्ताह २०७८ मनाइँदैछ । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij