images
images

आइतवार, जेठ ६ गते २०८१

भैरहवा–नेपालगञ्जलाई पनि हवाई यातायातमा जोड्न सुझाव

भैरहवा–नेपालगञ्जलाई पनि हवाई यातायातमा जोड्न सुझाव

images
images
images
शुक्रवार, मंसिर ३ २०७८
शुक्रवार, मंसिर ३ २०७८
  • भैरहवा–नेपालगञ्जलाई पनि हवाई यातायातमा जोड्न सुझाव

    बुटवल, ३ मंसिर ।
    सौर्य एयरलाईन्सलाई यस क्षेत्रका उद्योगी व्यवसायीले भैरहवा–नेपालगञ्जलाई पनि हवाई यातायातमा जोड्न सुझाव दिएका छन् । व्यवसायिक प्रवद्र्धनको लागि रुपन्देही आएको सौर्य एयरलाईन्सको टोलीलाई बुटवल उद्योग वाणिज्य संघमा स्वागत गर्दै उद्योगी व्यबसायीले भैरहवा–विराटनगर जस्तै भैरहवा–नेपालगञ्जलाई पनि हवाई यातायातमा जोड्न सुझाव दिएका हुन् । 

    images
    images
    images

    सौर्यले हालैमात्रै भैरहवा–विराटनगर सिधा उठान सुरु गरेको छ । व्यवसायिक प्रवद्र्धनको लागि रुपन्देही आएको सौर्यको टिमलाई बिहीबार बुटवल उद्योग वाणिज्य संघले संघमा स्वागत गरेको थियो । उक्त टिमलाई स्वागत गर्दै अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघको स्थापना भएदेखि नै यस क्षेत्रको आर्थिक तथा सामाजिक बिकासमा उल्लेखनीय योगदान गरेको स्मरण गरे । उनले संघले यस क्षेत्रको शिक्षा तथा स्वास्थ्य र सुरक्षाको क्षेत्रमा गरेको कार्यहरुको चर्चा गर्दै लुम्बिनी प्रदेशमा बुद्ध जन्मस्थल लुम्बिनी मात्रै नभएर प्रदेशका १२ वटै जिल्लामा लुम्बिनीसंग सम्बन्धित र अन्य ऐतिहासिक तथा पर्यटकीय क्षेत्र रहेको जानकारी गराए । 

    अध्यक्ष कसजूले भैरहवा–विराटनगर जस्तै भैरहवा–नेपालगञ्ज उडानमा पनि उत्तिकै सम्भावना देखिएको बताउँदै त्यसको प्रवन्ध मिलाउन आग्रह गरे । त्यस अवसरमा सौर्य एयरलाईन्सका उपमहाप्रबन्धक उमेश आचार्यले लुम्बिनी नेपालकै पर्यटकीय केन्द्र भएको र पूर्वबाट लुम्बिनीमा ल्याउन र लुम्बिनीबाट पूर्वको पर्यटकीय गन्तव्यको यात्रालाई सहज बनाउन भैरहवा–विराटनगर उडान थालनी गरिएको बताउँदै यसको निरन्तरताको लागि सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे । सौर्यको विमान जेट विमान भएकोले यसको यात्रा धेरै कम्फटेवल र चाडो उड्ने समेत उनले जानकारी दिए । 

    बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पूर्व अध्यक्ष जीवनप्रसाद वझा, संघका पर्यटन समिति संयोजक दिनेश श्रेष्ठ, पर्यटन व्यवसायी अनिल श्रेष्ठ लगायतले भैरहवा–नेपालगञ्जको पनि उडान प्रबन्ध मिलाउन सुझाव दिएका थिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij