२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

बुटवल उद्योग वाणिज्य संघको साधारणसभा मंसिर २० गते 

शुक्रवार , मंसिर ३, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • बुटवल, ३ मंसिर ।
    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारणसभा यही मंसिर २० गते हुने भएको छ । संघको बिहीबार बसेको कार्यसमिति बैठकले ६८ औं वार्षिक साधारणसभा मंसिर २० गते गर्ने निर्णय गरेको हो । यस अगाडि मंसिर ६ गते गर्ने निर्णय भएकोमा तयारी लगायतका कारण साधारणसभा सार्ने निर्णय गरिएको संघका सचिव मुक्ति अधिकारीले बताए ।

    संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले साधारणसभामा महासचिवले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षले प्रस्तुत गर्ने आर्थिक प्रतिवेदन समेत पास गरेको छ । बैठकमा साधारणसभा तयारी समितिका संयोजकहरुले तयारीमा भएका प्रगतिहरु प्रस्तुत गरेका थिए ।

    बैठकमा बोल्दै संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पूर्वअध्यक्ष जीवनप्रसाद वझाले सुझाव सहित भनाइ राखेका थिए ।