२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

जेसीआई सिद्धार्थद्वारा आर्थिक अभाव भएका बिरामीलाई उपचारका लागि सहयोग

शुक्रवार , मंसिर ३, २०७८

भैरहवा, ३ मंसिर ।
जेसीआई सिद्धार्थ, नेपाल (सिद्धार्थ जेसीज)ले आर्थिक अभाव भएका बिरामीलाई उपचारका लागि सहयोग गरेको छ । संस्थाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ निवासी राजु कुमार थापाको उपचारको लागि ३१ हजार १ सय १५ रुपैयाँ हस्तान्तरण गरेको जेसीआई सिद्धार्थ २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले बताए ।

‘बिरामीको उपचारका लागि केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको हो, ’ज्ञवालीले भने । थापा अप्लास्टिक एनीमिया नामक रोगबाट पीडित भइ उपचाररत छन् ।

कार्यक्रममा जेसीआई सिद्धार्थ नेपालका पूर्व अध्यक्षहरु, बोर्डका पदाधिकारीहरुको उपस्थिति रहेको जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ का महासचिव सागर पोख्रेलले बताए ।