images
images

सोमवार, जेठ ७ गते २०८१

 एक्सपर्ट मेशनक्लब योजनामा आवद्ध निर्माण व्यवसायीलाई वृजको उपहार

 एक्सपर्ट मेशनक्लब योजनामा आवद्ध निर्माण व्यवसायीलाई वृजको उपहार

images
images
images
बिहिवार, मंसिर २ २०७८
बिहिवार, मंसिर २ २०७८
  •  एक्सपर्ट मेशनक्लब योजनामा आवद्ध निर्माण व्यवसायीलाई वृजको उपहार

    भैरहवा, २ मंसिर ।
    वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.ले निर्माण व्यवसायीहरुलाई एक्सपर्ट मेशनक्लबमा आबद्ध गरी आफ्ना उत्पादनहरु खरीद गर्नेहरुलाई उपहार प्रदान गरेको छ । वृजको एक्सपर्ट मेशन क्लब योजना अनुरुप विभिन्न चरणमा निर्माण व्यवसायीहरुलाई उत्पादन खरिदको आधारमा त्यस्ता उपहारहरु प्रदान गरेको हो । 

    images
    images
    images

    क्लबको योजना अन्तरगत मेशनहरु रुपन्देही तिलोत्तमाको सागर ट्रेडिङका घम बहादुर थापा, बुटवल कालिकानगरको मणिमुकुन्द सप्लायर्सका हिरा बहादुर थापा, बुटवल नयाँगाउँको भुचन्द्र हार्डवयरका प्रकाश शर्मा, तिलोत्तमा प्रगतीनगरको सापकोटा हार्डवयरका बुद्धध्वोज खत्री, तिलोत्तमा कोटिहवाको भैरव हार्डवयरका खडक बहादुर दर्लामी, कपिलवस्तु जितपुरको बहुमुखी मल्टी टेडिङका तिलकराम पौडेल र कपिलवस्तु ४ नम्बरकै साथीको हार्डवयरका राजकुमार थारुलाई ३२ इञ्चको स्मार्ट टिभी वितरण गरिएको कम्पनीले जनाएको छ । त्यस्तै बृजको योजना अनुसार मोबाइल समेत वितरण गरिएको छ । 

    कम्पनीका सेल्स एण्ड मार्केटिङ म्यानेजर नुमेन्द्र पौडेलका अनुसार वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. अन्तर्गतका कुनै पनि उत्पादनहरु खरीद गरी योजनामा पर्ने सक्नेछन् । वृज पि.पि.सि.÷ओ.पि.सि.÷पि.एस.सि. एक बोरा सिमेन्टको खरीदमा ४ अंक प्राप्त गरी विभिन्न उपहारहरु पाउन सकिने पौडेलले बताए । योजनाअन्र्तगत १ हजार ७ सय प्वाइन्ट्समा सेफ्टी टुल्स किट, ४ हजार ४ प्वाइन्ट्समा ग्राइन्डर वाभाइब्रेटर, ८ हजार ४ प्वाइन्ट्समा भ्याकुम क्लिनर, १६ हजार प्वाइन्टस्मा मोबाइल, ३२ हजार ४ प्वाइन्ट्समा ३२ इञ्च टेलिभिजन, ४८ हजार ४ प्वाइन्ट्समा थाइल्याण्ड भ्रमण र ६० हजार ४ प्वाइन्ट्समा दुवई भ्रमण उपहार रहेको छ । 

    १ हजार ७ सय प्वाइन्ट्सको लागि ४ सय २५ बोरा, ४ हजार ४ प्वाइन्ट्सको लागि १ हजार १ बोरा, ८ हजार ४ प्वाइन्ट्सको लागि २ हजार १ बोरा, १६ हजार प्वाइन्ट्सको लागि ४ हजार १ बोरा, ३२ हजार ४ प्वाइन्ट्सको लागि ८ हजार १ बोरा, ४८ हजार ४ प्वाइन्ट्सको लागि १२ हजार १ बोरा र ६० हजार ४ प्वाइन्ट्सका लागि १५ हजार १ बोरा खरीद गर्नुपर्ने कम्पनीले जनाएको छ । 

    त्यस्तै वृज सिमेन्टले चरणबद्ध रुपमा देशैभरी निर्माण व्यवसायीहरुसंग एक्सपर्ट मिट समेत गरिरहेको छ । विशेष गरी निर्माण व्यवसायीलाई क्लबमा आवद्ध गरी योजनाको बारेमा जानकारी दिन एक्सपर्ट मिट गरिएको कम्पनीका ब्राण्डिङ् म्यानेजर अमित श्रेष्ठले जानकारी दिए । बुटवल नयाँ गाउँमा रहेको सुपादेउराली हार्डवेयर प्रा.लि. ले पनि वृजको अभियानमा सहयोग गरेको छ । प्रा.लि.ले मेसन मीट कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा प्रा.लि.का प्रोप्राइटर मोहन बेल्बासे, बाला सिंह भाट, आकाश खनाल र वृजका प्रतिनिधिहरुको उपस्थितिमा एक्सपर्ट क्लबका मेसन जगन्नाथ यादवलाई समेत टिभि हस्तान्तरण गरिएको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij