images

बिहिवार, चैत्र १५ गते २०८०

रुद्रदेवी कला केन्द्र छैठौं वर्षमा

रुद्रदेवी कला केन्द्र छैठौं वर्षमा

images
images
images
बुधवार, मंसिर १ २०७८
बुधवार, मंसिर १ २०७८
  • रुद्रदेवी कला केन्द्र छैठौं वर्षमा

    भैरहवा, १ मंसिर ।
    भैरहवाको नारायणपथमा अवस्थित रुद्रदेवी कला केन्द्र आज (मंसिर १) देखि छैठौं वर्षमा प्रवेश गरेको छ । आफ्नो स्थापना दिवसको अवसरमा नेपालमा पहिलोपटक देशभर ‘मिलानो फुटवेयर द विगेष्ट डान्स विथ हेल्थ फिटनेस क्याम्प–२०७८’ सुरु गर्ने कला केन्द्रका प्रबन्ध निर्देशक सुनिल गुप्ताले बताए । वान वल्र्ड वान हेल्थ मेसेज टु ह्युमनिटीका साथ ५ महिनासम्म उक्त कार्यक्रम चल्ने उनले बताए । गुप्ताका अनुसार हरेक दिन १ घण्टा नेपालभरीका सबै उमेर समूहका व्यक्तिहरु यसमा सहभागि बन्न सक्नेछन ।

    images
    images
    images

    त्यस्तै स्थापना दिवसको अवसरमा कला केन्द्रले विपन्न परिवारका बालबालिकाहरु लाई कापी, कलम र सल वितरण गर्ने कार्यक्रम रहेको पनि उनले बताए । त्यस्तै स्थापना दिवसको अवसरमा विभिन्न कोर्षहरुमा आकर्षक छुटको पनि व्यवस्था गरिएको गुप्ताले बताए ।

    क्याम्पमा सहभागीले रु.१ सय दिनुपर्ने उनले बताए । कार्यक्रम गर्दा ५ वर्षको ४५ लाख खर्च लाग्ने अनुमान गरिएको उनले बताए । कार्यक्रममा ५० हजारलाई तालिम दिने लक्ष्य राखिएको गुप्ताले बताए ।


    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij