२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

रुपन्देहीमा ९ लाख बढीको अवैध सामान बरामद

बुधवार , मंसिर १, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • भैरहवा, १ मंसिर । 
    रुपन्देही प्रहरीले ९ लाख बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र कार्यालयमातहत विभिन्न प्रहरी इकाईहरुले विभिन्न स्थानबाट ९ लाख ३२ हजार ९ सय ३५ रुपैयाँ बराबरको सामान बरामद गरेका हुन् ।

    कात्तिक २८ देखि ३० गतेसम्म भारतबाट भन्सार छलेर ल्याइएका अवैध सामान स्थानीयको रोहबरमा आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताए । प्रहरीले सिद्धार्थनगर नगरपालिका–६, मायादेवी गाउँपालिका–८, मायादेवी गाउँपालिका–६, सम्मरीमाई गाउँपालिका–२ मुडिला, रोहिणी गाउँपालिका–७ र र लुम्बिनी सांस्कृतिक नगरपालिका–३ बाट अवैध सामान बरामद गरिएको चन्दले जानकारी दिए ।

    बरामद गरिएको सामानमा रेडबुल, लेडिज सेन्डल, प्लाष्टिक डोरी, पेन्ट, डेरी मिल्क, कफी, किण्डर जोय, सुईटर, चश्माको सिसा, मिक्स अचार, लेगिज, चिनी, साडी, रेडिमेड कुर्था सुरुवाल, तारपिन तेल, काठमा लगाउने धुलो पदार्थ लगायत रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।