
आइतवार , आश्विन १८, २०७७
भैरहवा, १८ असोज ।
लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ का बाढीप्रभावितहरुलाई राहत सामाग्री प्रदान गरेको छ । क्लबका सर्भिस चेयरपर्सन सीता भण्डारीको संयोजकत्वमा बाढीप्रभावितलाई नगद २० हजार र खाद्यान्न सामाग्री उपलब्ध गराइएको अध्यक्ष दुर्गा आचार्यले बताइन् ।
त्यस्तै क्लबले रुपन्देहीको ओमसतिया गाउँपालिका–३ का बाढीप्रभावित १५ घरपरिवारलाई शनिबार खाद्यान्न सामाग्री वितरण गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij