२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

बुटवलमा निःशुल्क मधुमेह परिक्षण शिविर

सोमवार , कार्तिक २९, २०७८

बुटवल, २९ कात्तिक ।
विश्व मधुमेह दिवसको अवसमा लायन्स क्लब अफ बुटवल स्टार्स ,साइर्कल सिटी बुटवल आयोजना र केन डाइबेटिज एण्ड थाइरोईड सेन्टर, आशिष स्पोर्टस्ए ण्ड म्युजिक सेन्टर र लियो क्लब बुटवल स्टार्सको सहयोगमा आइतबार बुटवलमा निःशुल्क मधुमेह परीक्षण भएको छ ।

कार्यक्रममा बुटवलको अमरपथदेखि योगिकुटीसम्म ३० जना साईकलिष्टद्वारा जनचेतनामूलक सन्देशको नेमप्लेट बोकेर र्याली गरिएको थियो ।  
कार्यक्रम लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष अन्जिल खानको अध्यक्षतामा भएको थियो । साइकिल र्यालीको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक एक्जुकेटिभ चिफ अर्जुनमान सैजुले उद्घाटन गरेका थिए । निःशुल्क मधुमेह परीक्षण क्याम्पको प्रमुख अतिथि पूर्व गभर्नर महेन्द्र नारायण श्रेष्ठले बढ्दो शहरीकरण र विषादीयुक्त खाना नियमित व्यायाम नहुनाले मधुमेह धुम्रपान र मद्यपानको वृद्धिको कारण दिन प्रतिदिन मधुमेहको बिरामी बढेको बताए । 

त्यस्तै कार्यक्रमा एक्जुकेटिभ चिफ सुनिता बजिमय, को–चिफ एड्भाइजर पुरुषोत्तम प्रधाङ्ग, एओजी आशिष कृष्ण श्रेष्ठ, साईकल सिटी बुटवल अध्यक्ष विनोदजंग कार्की, केन डाइबेटिज एण्ड थाइराइड सेन्टरका सञ्चालक दिनेश कक्षपति, लियो क्लब अफ बुटवलका अध्यक्ष बिनोद जैसवाल, डिएस भट्टराई लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रम १ सय ५ जनाले मधुमेह परीक्षण गरिएको संयोजक विजय वर्णवाल बताए ।