२०८२, आश्विन ६ गते

Sep 22 2025 | २०८२, आश्विन ६ गते

उद्योग व्यापार संगठन रुपन्देहीद्वारा वृक्षारोपण

सोमवार , कार्तिक २९, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, २९ कात्तिक ।
    उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श) ले आइतबार भैरहवामा वृक्षारोपण कार्यक्रम गरेको छ ।  सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित आफ्नो कार्यालय भवन परिसरमा वृक्षारोपण गरिएको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । 

    भवन परिसरमा विभिन्न प्रजातिका ५० वटा विरुवा रोपिएको कार्यक्रम संयोजक तथा  संगठनका कार्यसमिति सदस्य मिनिता थापा क्षेत्रीले बताइन् । संगठनका महासचिव सचिन रोक्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा पदाधिकारी, सचिवालय सदस्य, कार्यसमिति सदस्य, सल्लाहकार लगायतको उपस्थिति रहेको थियो ।

    IMG-20211114-WA0029.jpg

    संगठनले व्यवसायीको हकहितसंगै सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको संस्थाका सचिव एवं प्रवक्ता लक्ष्मण भण्डारीले बताए ।