२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

मोबाइल व्यवसायी संगठनद्वारा भीम अस्पताललाई एकलाख सहयोग

सोमवार , कार्तिक २९, २०७८

भैरहवा, २९ कात्तिक ।
मोबाइल व्यवसायी संगठन, रुपन्देहीले भैरहवास्थित भीम अस्पताललाई सहयोग गरेको छ । अक्सिजन ग्यास व्यवस्थापनका लागि अस्पताललाई एक लाख रुपैयाँ प्रदान गरिएको संगठनका अध्यक्ष बैजनाथ गुप्ता (बी.एन.)ले बताए ।

‘अस्पतालमा अक्सिजन प्लान्टको कुरा आफूले विगतदेखि नै उठाएको र संघीय, प्रदेश सरकार, संगठन तथा स्थानीयवासीको सहयोगमा अक्सिजन प्लान्ट स्थापना भएकोमा अस्पताललाई धन्यवाद ज्ञापन गर्दछौं, ’उनले भने । संगठनले व्यवसायीका हकहितसंगै सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको गुप्ताले बताए ।

संगठनले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मे.सु.) डा. शकुन्तला गुप्तालाई उक्त रकम हस्तान्तरण गरेको हो । रकम हस्तान्तरण पश्चात बोल्दै मे.सु. गुप्ताले भीम अस्पताल कोरोना विशेष अस्पताल भएको बताइन् । उनले कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने अक्सिजन ग्यास व्यवस्थापनका लागि अस्पतालाई सहयोग गरेकोमा संगठनलाई धन्यवाद ज्ञापन गरिन् ।

रकम हस्तान्तरण कार्यक्रममा मोबाइल व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष बेजनाथ गुप्ता (बी.एन.), वरिष्ठ उपाध्यक्ष हरि बहादुर पाण्डे, सचिव राजकुमार गुप्त, पूर्व कोषाध्यक्ष दान बहादुर जि.सी., कोषाध्यक्ष श्याम गुप्ता, सह–सचिव सन्तोष ठाकुर, सदस्य दिनेश गुप्ता लगायतको उपस्थिति रहेको थियो ।