images

शुक्रवार, बैशाख ७ गते २०८१

सिद्धार्थ साहित्य परिषद्द्वारा ११ जना पुरस्कृत तथा सम्मानित 

सिद्धार्थ साहित्य परिषद्द्वारा ११ जना पुरस्कृत तथा सम्मानित 

images
images
images
आइतवार, कार्तिक २८ २०७८
आइतवार, कार्तिक २८ २०७८
  • सिद्धार्थ साहित्य  परिषद्द्वारा ११ जना पुरस्कृत तथा सम्मानित 

    भैरहवा, २८ कात्तिक ।
    सिद्धार्थ साहित्य परिषद् सिद्धार्थनगर रुपन्देहीले विभिन्न विधाका ११ जनालाई पुरस्कार समर्पण तथा सम्मान गरेको छ । महाकवि लक्ष्मी प्रसाद देवकोटाको १ सय १३ औं जन्मजयन्तीको अवसर पारेर परिषद्ले भैरहवामा आयोजित एक समारोहकाबीच ती पुरस्कार सर्मपण गरिएको परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार सिद्धार्थ साहित्य पुरस्कार २०७७ बाट सिद्धार्थनगरका माधव प्रसाद पन्थी सम्मानित भएका छन् । उनलाई नगद रु १० हजारसहित ताम्रपत्रले पुरस्कृत गरिएको हो । 

    त्यस्तै सकला सिद्धार्थ वाङ्गमय पुरस्कार २०७७ बाट नेपालगञ्जका डा. ईन्द्र बहादुर भण्डारी, टेक बहादुर पन्थी स्मृति सिद्धार्थ साहित्य पुरस्कार २०७७ बाट बुटवलका गिरी श्रीस मगर, विष्णुमाया हटुवाल स्मृति साहित्य पुरस्कारबाट काव्य लेखनतर्फ पाल्पाका टंक पन्थ, समाजसेवी ओमकार गौचनद्वारा स्थापना गरिएको मिन पद्यम गौचन स्मृति पुरस्कार २०७७ बाट सिद्धार्थनगरका साहित्यकार विजय सागर श्रेष्ठ र सुकदेव सुकमाया लामिछाने बालसाहित्य पुरस्कार २०७७ बाट प्रा.डा. चुडामणि बन्धुलाई पुरस्कृत गरिएको छ । प्रा.डा. कपिलदेव लामिछाने र सिर्जना लामिछानेद्वारा स्थापना गरिएको सो पुरस्कारबाट उनी सम्मानित भएका हुन् । उनलाई रु ११ हजार राशिसहित ताम्रपत्र, दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 
    सम्मान ग्रहण गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रा.डा. पन्थले लामो समय नेपाली साहित्यमा समर्पण गर्न पाएकोमा खुशी व्यक्त गरे । महाकवि लक्ष्मी प्रसाद देवकोटाको जीवनी पहिलो पटक पन्थले नै लेखेका थिए । नेपाली बाल साहित्यमा आफ्नो ठुलो योगदान गरेको उनले उल्लेख गरे ।

    त्यस्तै परिषद्ले सिद्धार्थ साहित्य सम्मान २०७७ बाट यस क्षेत्रमा लामो समयदेखि पत्रकारितामा सक्रिय सञ्चारकर्मी सम्झना शर्मालाई सम्मान गरिएको छ । त्यसै गरी साहित्यकार रमेश समर्थन, समाजसेवातर्फ धर्मराज श्रेष्ठ, कलाकारतर्फ नुरमर्दन थापा, शिक्षातर्फ यम बहादुर रसाईलीलाई सम्मानित गरिएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. चुडामणि बन्धु, पुरस्कारका संस्थापक, परिषद्का अध्यक्ष डिल्लीराज भट्टराई लगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

    सो अवसरमा समाजसेवी धर्मराज श्रेष्ठ, रमेश समर्थक, विजय सागर, गिरी श्रीस मगर, डा. ईन्द्र बहादुर भडारी, समाजसेवी ओमकार गौचन, थम बहादुर गुरुङ्ग, टंक पन्थ लगायतले रचना वाचन तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    परिषद्का सचिव लक्ष्मी प्रसाद अधिकारीको सञ्चालन, प्राज्ञ बुंद रानाको स्वागत, सिता काफ्लेको धन्यवाद ज्ञापनमा सम्पन्न भएको कार्यक्रममा मुल्यांकन समितिका संयोजक प्रा.डा. कपिलदेव लामिछानेले पुरस्कृत तथा सम्मानितहरुको व्यक्तित्वको परिचय गराएका थिए । कार्यक्रममा साहित्यकार रुद्र ज्ञवालीले महाकवि लक्ष्मी प्रसाद देवकोटाको जीवनीका बारेमा प्रकाश पारेका थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij