२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

इन्धनमा गरिएको मूल्यवृद्धिको बुटवलमा विरोध

बिहिवार , कार्तिक २५, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • रुपन्देही, २५ कात्तिक ।
    नेपाल आयल निगमले पेट्रोल, डिजल, ग्यास र हवाई इन्धन सबैमा मूल्य वृद्धि गरेपछि विद्यार्थी संगठनले विरोध गरेका छन् । एक महिनाभित्र दोस्रोपटक पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएपछि नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आज बुटवलमा एक घण्टा चक्काजाम गरेको हो ।

    अनेरास्ववियुले विरोधस्वरूप बिहान ९ बजेदेखि चक्काजाम गरी मूल्य वृद्धि फिर्ता गर्न माग गरिएको रुपन्देहीका सचिव प्रकाश पराजुलीले जानकारी दिए ।

    आयल निगम घाटामा रहेको भन्दै निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य बढाएको थियो । पेट्रोल र डिजलमा साबिकको मूल्यमा तीन रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ ।

    अब पेट्रोल प्रतिलिटर रु १३६, डिजल रु ११९ कायम भएको छ । ग्यासमा प्रतिसिलिण्डर रु ७५ मूल्यवृद्धि भएपछि प्रतिसिलिण्डर मूल्य रु १५७५ पुगेको छ । रासस