images

सोमवार, बैशाख १७ गते २०८१

रम्भा गाउँपालिका किसानलाई अनुदानमा आलुको बीउ

रम्भा गाउँपालिका किसानलाई अनुदानमा आलुको बीउ

images
images
images
आइतवार, कार्तिक २१ २०७८
आइतवार, कार्तिक २१ २०७८
  • रम्भा गाउँपालिका किसानलाई अनुदानमा आलुको बीउ

    पाल्पा , २१ कात्तिक ।

    images

    रम्भा गाउँपालिकाले आलुखेतीलाई प्रवद्र्धन गर्न किसानलाई अनुदानमा बीउ उपलब्ध गराएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार यसवर्ष ४५७ क्विन्टल बीउ ५० प्रतिशत अनुदानमा पाँचवटै वडाका आलु किसानलाई वितरण गरेको हो ।

    आलु खेतीलाई व्यवसायीकरण गर्नका लागि किसानलाई उत्प्रेरित गर्न अनुदानमा बीउ उपलब्ध गराउँदै आएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। गाउँपालिकाले अघिल्ला वर्षमा पनि अनुदानमा बीउ वितरण गरेकामा यसवर्ष वडा नं १ मा १४ क्विन्टल, २ मा ६५ क्विन्टल, ३ मा ९७ क्विन्टल, वडा नं ४ मा ६५ क्विन्टल र ५ मा ९५ क्विन्टल बीउ आलु उपलब्ध गराएको छ ।

    यहाँका पिपलडाँडा, हुँगीलगायत क्षेत्र आलु उत्पादनको राम्रो पकेट क्षेत्र मानिन्छ । पालिकाका सबै वडाका समथर खेत तथा बारीमा पनि किसानले आलुखेती गरेका छन् ।

    गाउँपालिकाले अनुदानमा बीउ दिन थालेपछि यहाँका किसान हिजोआज आलुखेतीमा आकर्षित हुन थालेका छन् । घरायसी प्रयोजनका निम्ति मात्र आलु लगाउने किसानले पछिल्लो समय व्यावसायिक उत्पादनमा जोड दिएका छन् । रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij