images

शुक्रवार, बैशाख २१ गते २०८१

बालबालिकासंग देउसीभैलो खेल्दै जनप्रतिनिधिद्वारा बालगृहलाई सहयोग

बालबालिकासंग देउसीभैलो खेल्दै जनप्रतिनिधिद्वारा बालगृहलाई सहयोग

images
images
images
आइतवार, कार्तिक २१ २०७८
आइतवार, कार्तिक २१ २०७८
  • बालबालिकासंग देउसीभैलो खेल्दै जनप्रतिनिधिद्वारा बालगृहलाई सहयोग

    भैरहवा, २१ कात्तिक ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडा सदस्यद्वय उमेश थापा लाटोमगर र चन्द्रकला खनालले बालबालिकासंग देउसीभैलो खेल्दै बालगृहलाई सहयोग गरेका छन् । उनीहरुले मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित सिद्धार्थ बालगृहलाई सहयोग गरेका हुन् ।

    images
    images
    images

    वडा सदस्य खनालले आफ्नो छोरी स्वर्गीय साधना खनालको स्मृतिमा बालगृहलाई खानेकुरा प्रदान गरेकी छन् । त्यस्तै वडा सदस्य लाटोमगरले बालगृहलाई नगद ५ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन् । वडा सदस्यद्वय शनिबार बालगृहमा पुगेर बालगृहका सञ्चालक कृष्णमाया गुरुङलाई खानेकुरा र नगद हस्तान्तरण गरेका हुन् ।

    ‘छोरीको निधन भएको ३ वर्ष भयो, उसको स्मृतिमा केही गरौं भनेर बालगृहमा पुगेर बालबालिकासंगै देउसीभैलो खेल्दै केही खानेकुरा प्रदान गरेकी छु, ’वडा सदस्य खनालले भनिन् । बालगृहमा रहेका बालबालिकाहरुसंग तिहार मनाउन पाउँदा खुसीको अनुभुति भएको उनले बताइन् ।

    IMG_8515.JPG

    सिद्धार्थनगर नगरपालिकाका न्यायिक समिति सदस्य समेत रहेका वडा सदस्य उमेश थापा लाटोमगरले यस वर्षको तिहारमा केही नयाँ काम गरौं र बालगृहलाई पनि केही सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरेको बताए । ‘यस वर्ष टीका थिएन, त्यसैले पनि नयाँ ढंगले तिहार मनाउने सोच अनुुसार बालगृह पुगे, ’उनले भने । गत स्थानीय तहको निर्वाचनमा खनाल र लाटोमगर नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

    IMG_8513.JPG

    खानेकुरा तथा नगद ग्रहण गर्दै बालगृहका सञ्चालक कृष्णमाया गुरुङले बालगृहमा हाल १८ जना बालबालिका रहेको जानकारी दिइन् । उनले भाडामा सञ्चालित बालगृहलाई जग्गा र भवनको आवश्यकता रहेको बताइन् ।

    तिहारको अवसरमा बालबालिकासंगै देउसीभैलो खेल्नु र बालगृहलाई सहयोग गर्नु प्रशसंनीय भएको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य सरोज ठकुरी बताउँछन् । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij