images

मंगलवार, बैशाख २५ गते २०८१

सवारी कारवाहीमा एकैदिन एकलाख बढी राजश्व संकलन

सवारी कारवाहीमा एकैदिन एकलाख बढी राजश्व संकलन

images
images
images
शनिवार, कार्तिक २० २०७८
शनिवार, कार्तिक २० २०७८
  • सवारी कारवाहीमा एकैदिन एकलाख बढी राजश्व संकलन

    तनहुँ, २० कात्तिक ।
    जिल्ला ट्राफिक कार्यालय तनहुँले ट्राफिक नियमविपरीत सवारीसाधन चलाउनेलाई कारबाही गरेको छ । प्रहरीले त्यस्ता सवारी साधनलाई कारवाही गर्दा एकैदिन रु एक लाख ३५ हजार ५ सय राजश्व संकलन गरेको हो । प्रहरीले गत बिहीबार दुईपांग्रे र चारपांग्रे १८२ सवारी साधनलाई कारवाही गर्दा उक्त राजश्व संकलन भएको हो । 

    images
    images
    images

    मदिरा सेवन गरी सवारी चलाइएको पाइएमा हिरासतसम्म राखिनेछ । सचेतनामूलक प्लेकार्ड राखेर जाँच गरिएको गर्दा कारबाहीपर्नेमा अत्यधिक मात्रामा मोटरसाइकल रहेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख सई डोलेन्द्र हमालले जानकारी दिए ।

    साथमा आवश्यक कागजात लिएर यात्रा नगर्ने, क्षमता भन्दा बढी यात्रु बोक्ने र गाडीको मोडिफाइ गर्ने सवारीलाई कारवाही गर्दा उक्त रकम संकलन भएको उनले बताए । जिल्लाको पृथ्वी राजमार्गअन्तर्गत पूर्वको आँबुखैरेनीदेखि पश्चिमको कोत्रेसम्मको करिब ७२ किलोमिटर क्षेत्रका साथै भित्री सडक मार्गमा सवारी जाँच गरिएको उनले बताए । 

    कतिपय चालकलाई आउँदा दिनमा गल्ती नदोहोर्याउने शर्तमा एकपटक सम्झाएर छाडिएको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा तनहुँमा पछिल्लो समय सवारी जाँच कार्यलाई  कडाइ गरिँदै आइएको छ । चाडपर्वका समयमा मदिरा सेवन गरी सवारीसाधन चलाउनेको संख्या बढ्ने भएकाले जाँच कार्यलाई निरन्तरता दिँदै आइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij