images

बुधवार, बैशाख २६ गते २०८१

बेनीमा चन्दा संकलनबाटै सभाहल निर्माण

बेनीमा चन्दा संकलनबाटै सभाहल निर्माण

images
images
images
शनिवार, कार्तिक २० २०७८
शनिवार, कार्तिक २० २०७८
  • बेनीमा चन्दा संकलनबाटै सभाहल निर्माण

    म्याग्दी , २० कात्तिक ।

    images
    images
    images

    बेनी नगरपालिका–७ मा चन्दा संकलनबाटै आठ सय जना क्षमताको सभाहल निर्माण गरिएको छ । नेपाल भाषा मंकाःखल म्याग्दीले सामुदायिक प्रयोजनका लागि उक्त सभाहल निर्माण गरेको हो ।

    ३५ लाख रुपैयाँ चन्दा सङ्कलन गरेर सभाहल निर्माण गरिएको मंकाःखलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । ‘संस्थाका पदाधिकारी र सदस्यबाट जुटाएको रकमले भवन ठड्याएका हौं,’ उनले भने, ‘हालसम्म सरकारी सहयोग मागेका छैनौं । व्यक्तिगत रुपमा सहयोग प्राप्त भइरहेको छ ।’

    झण्डै २९ आना क्षेत्रफलको जग्गामा सभाहल र शौचालय निर्माण गरिएको छ । सभाहल परिसरमा पर्खाल लगाएर घेराउ गरिएको छ । रंगरोगन, फर्निचर, बिजुली, पानी जडानलगायत काम बाँकी छ । निर्माणको काम गत असारमा थालिएको हो । आगामी पुसभित्र सबै काम सम्पन्न हुने श्रेष्ठले बताए ।

    नेवार समुदायको अगुवाइमा उक्त सभाहल निर्माण गरिएको हो । सो सभाहल सबैले प्रयोग गर्न पाउने  मंकाःखलका पूर्वअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए । बेनी बजारमा सभा समारोह, भोजभतेर आयोजना गर्दा सभाहलको अभाव भएकाले सामाजिक आवश्यकता महसुस गरी सभाहल बनाएको बेनी नगरपालिका–७ का वडाध्यक्ष समेत रहेका श्रेष्ठको भनाइ छ । बेनीका होटलमा पनि सभाहलको अभाव छ ।

    सभाहल निर्माणका लागि स्वर्गीय चन्द्रशेखर श्रेष्ठको परिवारले चार आना र स्वर्गीय काशीप्रसाद श्रेष्ठको परिवारले पाँच आना जग्गा उपलब्ध गराएको थियो । यसमा थप २० आना जग्गा खरिद गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij