images

मंगलवार, बैशाख २५ गते २०८१

झिनिया र सेल रोटीको व्यापार फस्टाउँदो

झिनिया र सेल रोटीको व्यापार फस्टाउँदो

images
images
images
बिहिवार, कार्तिक १८ २०७८
बिहिवार, कार्तिक १८ २०७८
  • झिनिया र सेल रोटीको व्यापार फस्टाउँदो

    म्याग्दी, १८ कात्तिक ।
    म्याग्दी सदरमुकाम बेनीमा झिनिया र सेल रोटीको व्यापार फस्टाउँदै गएको छ । यस वर्षको दसैँ र तिहारको अवधिमा लाखौंको झिनिया र सेल रोटीको व्यापार भएको छ । बेनीका झिनिया उत्पादक तथा व्यापारीका अनुसार दसैं तिहारको एक महिनाको अवधिमा एक जनाले रु एक लाख देखि रु दुई लाखको बिक्री गरेका छन् । बेनीमा झिनिया उत्पादन गरेर बिक्री गर्ने उद्यमीको सङ्ख्या बीस जना भन्दा धेरै छ । 

    images
    images
    images

    उद्यमी सिर्जना श्रेष्ठले दसैं तिहारको अवधिमा सेल रोटी र झिनियाको माग अत्यधिक भएको बताइन् । “दैनिक पाँच सय वटासम्म सेल रोटी बिक्री भएको छ,” उनले भनिन् “घरमा बनाउन झञ्जट हुने, बिग्रने डर र कोसेली लैजान सजिलो हुने भएकाले पछिल्लो समय तयारी सेलरोटी र झिनियाको माग बढेको छ ।”

    सेलरोटी र झिनियाको साथै चिनी, फिनी, झेली, फुल रोटीको पनि उत्पादन र विक्री वितरण हुन्छ । सेलरोटी प्रतिगोटा रु. ३०, चिनी र फिनी रोटी प्रतिगोटा रु पचासका दरले बिक्री हुने गरेको छ । झिनिया आकार अनुसार प्रतिगोटा रु दशदेखि पन्ध्रमा विक्री हुन्छ । बेनीका उद्यमीले उत्पादन गरेको झिनियाले माग धान्न नसकेपछि छिमेकी जिल्ला बागलुङबाट समेत आयात भएको उद्यमी राधा बोगटीले बताइन् । सीप भएका महिलालाई फुर्सद्को समय सदुपयोगका साथै आयआर्जनको अवसर मिलेको बोगटीले बताइन् । हेर्दा आकर्षक, खानलाई स्वादिलो, सजिलो तथा तयारी खाजाको रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनिया रोटीको खपत धेरै हुनेगर्छ ।  

    चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई घाममा सुकाएपछि बन्ने झिनिया घ्यू, तेलमा फ्राई गरेर खानयोग्य हुन्छ । बनाउन झञ्झटिलो भए पनि झिनियाको व्यापार गर्नेको कमाइ भने राम्रो छ । बेनीको मङ्गलाघाटकी बुद्धीमा बुढाले एक महिनायता दुई लाख रुपैयाँ भन्दा बढीको झिनिया रोटी बिक्री गरेको बताइन् ।ग्राहक घरमै आउने भएकाले बजारको समस्या छैन् । स्वास्थ्यकर्मी भने झिनिया बनाउँदा, सुकाउँदा, भण्डारण र उपभोग गर्दा सरसफाइमा ध्यान दिनुपर्ने बताउँछन् । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij