२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

लायन्स होलिसिटी सिद्धार्थनगरद्वारा वृद्धाश्रमलाई आर्थिक सहयोग

बिहिवार , कार्तिक १८, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, १८ कात्तिक ।
    लायन्स क्लब अफ होलि सिटी, सिद्धार्थनगरले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ । नेपालीहरुको महान पर्व तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसर पारेर बुधबार वृद्धाआश्रमलाई नगद २० हजार २० रुपैयाँ प्रदान गरिएको क्लबका वर्ष २०२१/२२ का अध्यक्ष राकेश गुरुङले बताए । लायन्स इन्टरनेशनलको हंगर रिलिफ कार्यक्रम अन्तर्गत आयोजना गरिएको कार्यक्रममा आश्रममा आश्रित वृद्धवृद्धालाई दिदी खाना तथा मिठाई समेत हस्तान्तरण गरिएको गुरुङले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरका संस्थापक अध्यक्ष तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक को–चिफ एडभाइजर ओम कुमार श्रेष्ठले तिहारको अवसरमा लायन्स होलिसिटी सिद्धार्थनगरले रचनात्मक कार्य गरेको बताए ।

    क्लबका सह–सचिव तथा कार्यक्रम संयोजक दिपक काफ्लेको स्वागत, कोषाध्यक्ष पंकज उदासको ध्वजा अभिवादन तथा सचिव माधव शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरका निवर्तमान अध्यक्ष देवराज न्यौपाने, लायन्स लुम्बिनी क्रियटिभ लेडीका अध्यक्ष मन्जु शर्मा रेग्मी, निवर्तमान अध्यक्ष देवी न्यौपाने, लायन्स भैरहवा ग्रीन सिटीका अध्यक्ष गोविन्द प्रसाद गिरी, लियो क्लब अफ होलिसिटी भैरहवाका अध्यक्ष आकाश पौडेल, श्री सत्य साई सेवा वृद्ध सेवा आश्रमका संचालक माया खरेल लगायतको आतिथ्यता रहेको थियो ।

    249280188_584170536125755_6500379776724635068_n.jpg