२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

ओमसतियाका बाढीप्रभावितलाई लायन्स सिद्धार्थनगर लोटसको राहत

शनिवार , आश्विन १७, २०७७

  • 9.5K
    Shares
  • 9.5K
    Shares
  • भैरहवा, १७ असोज । 
    लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले रुपन्देहीको ओमसतिया गाउँपालिका–३ का बाढीप्रभावितहरुलाई राहत सामाग्री प्रदान गरेको छ । क्लबले शनिबार उक्त वडाका १५ घरपरिवारलाई प्रतिपरिवार २० केजी चामल, साढे २ केजी दाल, २ लिटर तेल, २ केजी सोयाबीन तथा १ केजी नुन वितरण गरेको जनाएको छ ।

    राहत हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओमसतिया–३ का वडाअध्यक्ष चन्नर प्रसाद यादवले महामारीको बेला विपन्न परिवारलाई राहत वितरण गरेर लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले पुनित कार्य गरेको बताए । क्लबका अध्यक्ष दुर्गा आचार्यले आगामी दिनमा पनि राहत वितरण कार्यलाई निरन्तरता दिने बताइन् ।

    लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्रेटेजिक चिफ पीएमजेएफ धर्मराज श्रेष्ठले क्लबले सराहनीय कार्य गरेको बताए ।

    कार्यक्रम संयोजक चन्दा श्रेष्ठको स्वागत, माया गौतमको ध्वजा अभिवादन तथा क्लबका कोषाध्यक्ष सरिता आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्रेटेजिक चिफ पीएमजेएफ नवराज न्यौपाने, स्ट्रेटेजिक चिफ एमजेएफ महेशचन्द्र थापा, इभ्यालुयसन टिम हेड विनोद खरेल, जोन चेयरपर्सन विजय पाण्डे, अनिता थापा, लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष एमजेएफ नेत्र प्रसाद आचार्य, लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपकी कार्यवाहक अध्यक्ष माया सारु मगर, समाजसेवी फोटो मुसलमान, प्रमोद यादव, पशुपति यादव लगायतको उपस्थिति रहेको थियो ।