images
images

शुक्रवार, जेठ ४ गते २०८१

उद्योग व्यापार संगठन रुपन्देहीको वार्षिक कार्ययोजना बैठक बर्दियामा सुरु

उद्योग व्यापार संगठन रुपन्देहीको वार्षिक कार्ययोजना बैठक बर्दियामा सुरु

images
images
images
शनिवार, कार्तिक १३ २०७८
शनिवार, कार्तिक १३ २०७८
  • उद्योग व्यापार संगठन रुपन्देहीको वार्षिक कार्ययोजना बैठक बर्दियामा सुरु

    बर्दिया, १३ कात्तिक ।
    उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श रुपन्देही) को वार्षिक कार्ययोजना बैठक शनिबार बर्दियामा सुरु भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारास्थित बर्दिया गैंडा क्याम्पमा सुरु भएको बैठकले वार्षिक कार्ययोजना तय गर्ने संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

    images
    images
    images

    बैठकमा संगठनका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, परामर्श समिति सदस्य लगायतको उपस्थिति रहेको संगठनका उपाध्यक्ष रामचन्द्र रेग्मीले बताए ।

    बैठकमा स्वागत मन्तव्य राख्दै संगठनका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले विभिन्न आरोह–अवरोहका बीच संस्थामा यहाँसम्म आइपुगेको बताए । उनले वार्षिक कार्ययोजना बैठकले तय गरेका कार्यक्रमहरु सफल पार्न संगठनको सम्पूर्ण टिम लाग्नुपर्ने बताए । ‘संस्थाको गरिमा बढेको छ, सबै मिलेर संस्थालाई थप अगाडी बढाउनुपर्छ, ’भण्डारीले भने ।

    बैठकमा संगठनको निर्वाचित कार्यसमितिको प्रथम बैठकको निर्णयबाट कार्यसमिति तथा सल्लाहकारहरुलाई प्रमाणपत्र वितरण गरिएको महासचिव सचिन रोक्काले बताए ।

    त्यस्तै बैठकमा संगठनका कोषाध्यक्ष राम मिलन यादवले आर्थिक वर्ष २०७८/७९ को अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका छन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij