images

मंगलवार, बैशाख १८ गते २०८१

चम्ल्याहा शिशुको परिवारलाई लायन्सद्वारा आर्थिक सहयोग

चम्ल्याहा शिशुको परिवारलाई लायन्सद्वारा आर्थिक सहयोग

images
images
images
बिहिवार, कार्तिक ११ २०७८
बिहिवार, कार्तिक ११ २०७८
  • चम्ल्याहा शिशुको परिवारलाई लायन्सद्वारा आर्थिक सहयोग

    भैरहवा, ११ कात्तिक ।  
    लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस)मा बुधबार जन्मिएका चम्ल्याहा शिशुको परिवारलाई आर्थिक सहयोग गरेको छ । आर्थिक अभावका कारण उपचारमा समस्या आएपछि क्लबले उक्त परिवारलाई सहयोग हस्तान्तरण गरेको हो ।

    images

    क्लबले पाल्पाको माथागढी गाउँपालिका–१ चिदिपानीकी २४ वर्षिया सिता सार्कीको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको हो । विपन्न परिवारलाई उपचारका लागि केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले अस्पतालमा पुगेर ४० हजार हस्तान्तरण गरिएको क्लबका वर्ष २०२१/२२ का अध्यक्ष गोविन्द प्रसाद गिरीले बताए । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि डिष्ट्रिक गभर्नरको निर्देशन अनुसार सहयोग गरिएको गिरीले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अथिति लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका पाष्ट डिष्ट्रिक गभर्नर अरुण प्रताप राणले लायन्स भैरहवा ग्रीन सिटीले गरेको काम प्रशंसनीय रहेको बताए । उनले भाषण भन्दा पनि काम गरेर समाजमा अनुकरणीय काम गरेको ग्रिन सिटी र चार शिशुहरुको सुस्वास्थ्यको कामना गरे । राणाले दुःखमा तत्काल सहयोग गरी परिवारलाई लायन्स परिवारसंग नजिक हुने लायन्सको परिचय दिएकोमा खुसी व्यक्त गरे ।  

    विशिष्ट अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका एक्जुकेटिभ चिफ महेशचन्द्र थापाले स्थापना कालदेखि नै लायन्स भैरहवा ग्रीन सिटी मानवीय सेवामा लागेकोले डिष्ट्रिकले पनि उच्च मुल्यांकन गरेको बताए । 

    लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष गोविन्द प्रसाद गिरीले ‘टुगेदर फर सोसाइटी’ नारा अघि बढेको सन्दर्भमा बुधबार दिउँसो २ बजे ४ शिशुको जन्म भएको खबरले एकातिर खुसीको खबर सुनिएको र लगत्तै आर्थिक स्थिति कमजोर भएको खबरले लायन्स भएको नाताले अस्पतालमा पुगेर आर्थिक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।  

    विजय कुमार कहांरको संयोजन तथा क्लबका सचिव थानेश्वर पाण्डे (प्रकाश)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको क्लबका कोषाध्यक्ष बिना पौडेलले जानकारी दिइन् ।  

    कार्यक्रममा युनिभर्सल मेडिकल कलेजका प्रयोगशाला प्रमुख नविन रायमाझी, क्लबका द्वितीय उपाध्यक्ष मनोज क्षेत्री, तृतीय उपाध्यक्ष भिम बहादुर थापा, कोषाध्यक्ष बिना पौडेल, सह–कोषाध्यक्ष संगिता सिह जिसी लगायतको उपस्थिति रहेको थियो । 


    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij